शनिबार राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन
काठमाडौं : राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपालको मुख्य आयोजना उक्त सम्मेलन आउँदो शनिबार हुने भएको हो।
नेपालका मौलिक रैथाने धर्मलाई क्षति पुुर्याउने गरी भइरहेको धर्म परिवर्तनविरुद्ध साझा रणनीति तयार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको प्रतिष्ठानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले बताए। नेपालका मौलिक धर्महरू हिन्दू, बौद्ध, किरात, जैन र बोनसँग सम्बन्धित विभिन्न संघसंस्थासँग आवद्ध व्यक्तिहरू सम्मेलनमा सहभागी हुनेछन्।
सम्बन्धित धर्मका अध्येताहरूले भिन्नभिन्नै कार्यपत्र प्रस्तुुत गर्ने कार्यक्रम छ। राष्ट्रिय धार्मिक सहृदयता सम्मेलनको यो दोस्रो संकरण हो। गत वर्ष फागुुन ५ गते पहिलो पटक यो सम्मेलन आयोजना भएको थियो। धार्मिक सहृदयता सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।