कांग्रेसको आरोप : ओली नेतृत्वको सरकार बनेपछि हत्या हिंसा बढ्यो

कांग्रेसको आरोप : ओली नेतृत्वको सरकार बनेपछि हत्या हिंसा बढ्यो

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर आफ्ना कार्यकर्तामाथि भइरहेको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै देशका विभिन्‍न स्थानमा तरुण दलका नेता कार्यकर्तामाथि भइरहेको आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । 

पछिल्लो पटक सोमबार राति रुपन्देहीको देवदहमा तरुण दल देवदह नगर कार्यसमिति सदस्य अनिस पुरीको हत्या भएको घटनाले कांग्रेस स्तब्ध भएको जनाउँदै खाणले दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । 

'राजनैतिकरुपमा प्रतिबद्ध र समाजसेवी, तरुण नेता अनिस पुरीको हत्याले स्तब्ध र दुःखी बनाएको छ', खाणले भनेका छन्, 'उनका हत्याराहरुलाई अविलम्ब कानूनी कारवाही गर्न सरकारसँग  जोडदार माग गर्दछु ।'

तरुण दलका नेता र कार्यकर्तामाथि भइरहेको श्रृंखलावद्ध आक्रमण रोक्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । 'यदि दोषीमाथि कारबाही नभए तरुण दलले आफ्ना नेता र कार्यकर्ताको रक्षाका लागि कठोर कदम चालेमा त्यसको जिम्मेवारी सरकार र सम्बद्ध पक्षले लिनुपर्ने छ', खाणले भनेका छन् । 

कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि हत्या हिंसाका घटना बढिरहेको पनि आरोप लगाएको छ। 'वर्तमान सरकार गठनपछि हत्या, हिसांका घटनाहरु बढिरहेका छन् । यस्ता घटनाको नियन्त्रण गर्दै शान्ति, सुव्यबस्था कायम गर्न सरकार असक्षम र निरीह बन्दै गइरहेको छ', विज्ञप्तीमा भनिएको छ, 'आमनागरिकलाई सुरक्षा दिन र मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकारको मुख्य दायित्वप्रति गम्भीर बन्न ध्यानाकर्षण गर्दछौँ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.