११ बुँदे सच्याउन माग गर्दै सर्लाहीमा प्रदर्शन

११ बुँदे सच्याउन माग गर्दै सर्लाहीमा प्रदर्शन

मलंगवा : सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको बुँदा नंम्बर २ सच्याउन माग गर्दै सर्लाहीको हरिवनस्थित पूर्व पश्चिम राजमार्गमा विधार्थीहरूले सिठ्ठी जुलुस निकालेका छन्।

नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतबीच भएको ११ बुँदे सहमतिको बुँदा नम्बर २ मा भएको भाषिक त्रुटि सच्याउने माग राख्दै हरिवनको सुखेपोखरीस्थित चतुभूजेश्वर जनता बहुमुखी क्याम्पसका विद्यार्थीले पूर्व पश्चिम राजमार्गमा सिठ्ठी जुलुस निकालेका हुन्।

स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा सुखेपोखरीदेखि निकालिएको जुलुसमा विधार्थीहरू हरिवन बजारसम्म सिठ्ठी बजाउँदै  आइपुगेका थिए।

सरकार र राउतबीच भएको ११ बुँदे सहमति स्वागतयोग्य रहे पनि बुँदा नम्ब २ र ६ सच्याउनुपर्ने अनेरास्ववियु केन्द्रीय सचिव आरती लामाले बताइन्।

जनकपुरमा भएको कार्यक्रममा राउतका समर्थकले देशको भौगोलिक अखण्डताविरुद्ध ब्यानर लिएर प्रदर्शन गर्नु आपत्तिजनक रहेको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.