सत्ता पक्षकै युवा राउतसँगको सहमतिको विरोधमा

सत्ता पक्षकै युवा राउतसँगको सहमतिको विरोधमा

धनगढी : सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति विरुद्ध मंगलबार धनगढीमा विरोध प्रर्दशन भएको छ। विरोध र्‍याली 'नेपाली सन्तानहरुद्वारा आयोजित' भनिए पनि सत्ता पक्षका युवा संगठन र प्रतिपक्षहरूको सहभागिता थियो।

सीके राउत र सरकारविरुद्ध नारावाजी गर्दै धनगढी क्याम्पस चोकदेखि सुरु भएको विरोध र्‍याली एलएनचोकमा आएर कोण सभामा परिणत भएको हो।

सरकारले सीके राउतसँग गरेको सहमतिका दुईवटा बुँदा तत्काल सच्याउन उनीहरूले माग गरेका छन्। सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतबीच भएको ११ बुँदे सहमतिको बुँदा नम्बर २ मा भएको भाषिक त्रुटि सच्याउन माग गरेको युवा संघका केन्द्रीय सदस्य प्रकाश रोकायाले जानकारी दिए।

देश टुक्र्याउने माग गर्ने व्यक्तिसँग सरकार झुकेको नेविसंघका नेता नेत्रप्रसाद उपाध्ययाले बताए। कोणसभामा अखिलका केन्द्रीय सदस्य भिष्मराज सुवेदीले सरकारले गरेको सहमति आत्माघाति भएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.