बन्दनाको उपचारमा कर्मचारीको सहयोग

बन्दनाको उपचारमा कर्मचारीको सहयोग

जाजरकोट : दुबै हात भाँचिएर ट्रमा सेन्टरमा उपचार गराइरहेकी  खारा आक्रमणकी माओवादी लडाकु बन्दना (मीना पुन) को उपचारमा सहयोग जुट्न थालेको छ। 'ट्रमा सेन्टरमा खारा भिडन्तका लडाकु विजय-बन्दना' शिर्षकमा अन्नपुर्ण पोस्ट अनलाइनमा प्रकाशित भएपछि सहयोग जुट्न थालेको हो। 

भेरी नगरपालिका जाजरकोटका कर्मचारीले ६८ हजार १०० रुपैयाँ सहयोग गरेका छन।् ९२ कर्मचारीले एक दिनको तलब कटाएर बन्दनाको उपचारका लागि उक्त रकम सहयोग गरेका हुन्। नगर कार्यापालिकाकी सदस्य समेत रहेकी भेरी नगरपालिका २ की मीना पुन ‘बन्दना’को नेपाल बैंक लिमिटेड जाजरकोटमा रहेको खाता नम्बर ०७५०१००११९४४९३०००००१ उक्त रकम जम्मा गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश शाहीले बताए।

शुक्रबार सार्वजनिक विदा परेकोले आइतबार मात्र उक्त रकम बैंक खातामा जम्मा गरिने शाहीको भनाई छ। आर्थिक अभावले उपचारमा समस्या भन्ने समाचार सार्वजनिक भएपछि आफुहरुले सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका लेखापाल डम्बर विष्टले बताए। 

नगरप्रमुख चन्द्र प्रकाश घर्तीले जनप्रतिनिधिहरुको तर्फबाट पनि उनको उपचारमा सहयोग गर्ने बताएका छन्। उनी द्धन्दकालमा पश्चिम रुकुमको खारामा भएको  भिडन्तमा घाइते भएकी थिइन्। 

घरको लिस्नो (सिडी)बाट लडेर उनका दुबै हात भाँचिएका थिए। उपचार गराउँदा उनीहरुसँग भएको रकम सकिएपछि उनलाई उपचारमा समस्या भएको हो। बन्दनाको हेरचाह गरिरहेका श्रीमान दलबहादुर पुन ‘विजय’ले आफुसँग भएको रकम सकिएको बताए।

‘सापटी गरेर ल्याएको ३५ हजार रुपैयाँ केही दिनमै सकियो। घाइते पुर्व लडाकु साथीहरुले खान बस्न सहयोग गरिरहनु भएको छ’ घाइत बन्दनाले भनिन्‘नेताहरुले नसम्झिए पनि नगरपालिकाका कर्मचारीले सम्झिनु भयो। सहयोग गर्ने निर्णय गर्नु भयो। म उहाँहरु प्रति आभारी छु। ऋणी छु।’ उनका श्रीमान विजय पनि खारा भिडन्तका घाइते लडाकु हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.