अमेरिकाले भेनेजुएलाबाट सबै कर्मचारी फर्काउने

अमेरिकाले भेनेजुएलाबाट सबै कर्मचारी फर्काउने

वासिङटन : अमेरिकाले भेनेजुएलास्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जानकारी दिएका छन्। अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो।

भेनेजुएलामा राजनीतिक संकट बढ्दै गएपछि अमेरिकाले यस्तो घोषणा गरेको हो। यद्यपि अमेरिकी विदेश मन्त्रालयले जनवरी २४ मा दूतावासका उच्चस्तरीय कर्मचारी, उनीहरूका परिवारजन र आश्रित व्यक्तिको संख्या कटौती गर्न निर्देशन दिएको थियो।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले आफूलाई दोस्रो अवधिका लागि पनि राष्ट्रपति भएको घोषणा गरेसँगै अमेरिकाले उक्त निर्णयप्रति असहमति जनाउँदै आएको थियो। यहीबीच गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुवाँ ग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले ग्वाइदोलाई मान्यता दिएको थियो।

अमेरिकाले ग्वाइदोलाई यस प्रकारको सहयोग गरेलगत्तै मादुरोसँग अमेरिकाको सम्बन्ध अझ बिग्रिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई सत्ताबाट हटाउन चौतर्फी दबाब दिँदै आएको छ।

भेनेजुएलामा केही दिनयता विद्युत् आपूर्ति बन्द भएका कारण १७ जनाको ज्यान गइसकेको छ। विद्युत् आपूर्ति सुचारु हुन नसकेपछि विद्यालय तथा व्यवसाय बन्द गर्न सरकारले आदेश दिएको छ। भेनेजुएलामा राजनीतिक संकटसँगै खाद्यान्न संकट पनि थपिएको छ।

भेनेजुएलामा लगातार पाँचौँ दिन पनि विद्युत् आपूति बन्द भएपछि सर्वसाधारण सडकमा उत्रिएका छन्। हाल देशका २३ मध्ये १४ राज्यमा सरकारविरुद्ध प्रदर्शन भइरहेको छ। विपक्षीहरूले राष्ट्रपति मादुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी राख्ने बताएका छन्।

ग्वाइदो आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत ५० भन्दा बढी देशले समर्थन गरेका थिए। यद्यपि राष्ट्रसंघ सुरक्षापरिषद्का स्थायी सदस्य राष्ट्रहरू रूस र चीनले राष्ट्रपति मादुरोलाई समर्थन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.