राष्ट्रसंघमा राष्ट्रपतिको सम्बोधन : 'महिलाको वर्तमान अवस्था प्राकृतिक होइन'

राष्ट्रसंघमा राष्ट्रपतिको सम्बोधन : 'महिलाको वर्तमान अवस्था प्राकृतिक होइन'

न्यूयोर्क : राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको पछिल्लो अवस्था मानिसले नै बनाएको भन्दै यसलाई चिर्नुपर्ने बताएकी छन्। उनले महिलाको संसार चुनौतीविहीन नभएको बताउँदै यसलाई परिवर्तन गर्न महिला नै लाग्नुपर्नेमा जोड दिइन्। अहिले महिला जुन अवस्थामा छन् त्यो प्राकृतिक नभएको उनको भनाइ थियो।

‘गरिबी, अशिक्षा, सामाजिक पछौटेपन विद्यमान छन्’, राष्ट्रपति भण्डारीले महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३ औं अधिवेशनको विशेष सत्रमा भनिन्, ‘चुनौती भए पनि प्राप्त उपलब्धि दिगो बनाउन संविधान र कानुनले प्रत्याभूत गर्न अति जरुरी छ।’

७३औं महासभाकी अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेसेसको निमन्त्रणामा सोमबार न्युयोर्क पुगेकी राष्ट्रपतिले नेपालीमै आफ्नो धारणा राखेकी थिइन्। राष्ट्रसंघको प्रधान कार्यालयमा जारी अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले ‘आज हुने शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गरेकी थिइन्। नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा भण्डारीले आफ्नो प्रस्तुति दिएकी थिइन्।

सम्बोधनलगत्तै राष्ट्रपति भण्डारीले राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरससँग भेटवार्ता गरिन्। राष्ट्रपति र महासचिवबीच नेपाल र राष्ट्रसंघ सम्बन्ध तथा विश्वशान्तिमा नेपालले निर्वाह गरेको भूमिकालगायतका विषयमा छलफल भएको थियो। राष्ट्रपति भएपछि विदेश भ्रमणमा चासो राखेकी भण्डारी यसअघि राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन पोल्यान्ड पुगेकी थिइन्। अहिले न्युयोर्क महिलासम्बन्धी कार्यक्रममा सहभागी हुन आइपुगेकी हुन्।

कतार एयरलाइन्सको विमानबाट स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ४० मिनेटमा जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी राष्ट्रपति भण्डारीको स्वागतका लागि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललगायत पुगेका थिए।

राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्ने कार्यक्रम छ। सोही दिन स्थायी नियोगका प्रमुख राई र राजदूत कार्कीले राष्ट्रपति भण्डारीको स्वागत तथा रात्रिभोज आयोजना गर्नेछन्।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडालगायत २२ जना छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.