प्रहरीको रेस्क्यु अप्रेसन !

प्रहरीको रेस्क्यु अप्रेसन !

परासी : पश्चिम नवलपरासीको सुनवलमा मंगलबार दिउँसो गोलीको वर्षा भयो। प्रहरी कारबाहीमा चार विद्रोही मारिए। सुनवल नगरपालिकास्थित ‘सुनवल सिटी महल’ मा भएको प्रहरी कारबाहीमा उनीहरुको मृत्यु भएको हो। तीन जना सरकारी अधिकारीलाई १०/१२ जनाको समूहमा रहेका विद्रोहीले दुई दिनदेखि बन्धक बनाएर राखेका थिए ।

सरकारी अधिकारीलाई शकुसल छुटाउन सरकारले विद्रोही समुहलाई वार्तामा बोलाएको थियो। तर विद्रोही समूह वार्तामा नआएपछि सरकारी अधिकारीलाई छुटाउन प्रहरी प्रधान कार्यालयले ‘होस्टेज रेस्क्यु अप्रेसन’का लागि ‘अप्रेसन र्या‍म्बो’ नाम दिएर विशेष कमाण्डो टोली खटाएको थियो। टोलीले उद्दारका लागि आकाश र जमिनमा आफ्ना कमाण्डोलाई तयारी अवस्थामा राखेको थियो। ‘सिटी महल’को तेस्रो तलामा हेलिकप्टरद्धारा कमाण्डो झारिएको थियो। केही कमाण्डो वरपरका रुखमा चढेर आक्रमणको तयारीमा थिए। अर्को टोली ‘सिटी महल’ नजिक सवारीसाधनमा तयारी अवस्थामा थिए ।

कमाण्डोको यो तयारी बारे ‘सिटी महल’ भित्र रहेका विद्रोहीले पत्तै पाएका थिएनन्। आक्रमण गर्न रुखमा रहेका कमाण्डो टोली डोरीको माध्यमबाट ‘महल’को छतमा पुगे। छतबाट पुनः डोरीकै सहयोगमा सरकारी अधिकारीलाई बन्धक बनाएर राखिएको झ्यालबाट कमाण्डो प्रवेश गरे। त्यस लगत्तै अर्को कमाण्डो टोली ‘महल’ भित्र पुग्न सफल भए। यस क्रममा महलको तल्लो तलामा सुरक्षा दिएका तीन विद्रोहीको प्रहरी कारबाहीमा मृत्यु भयो। भाग्न खोज्ने क्रममा अर्का एक जना विद्रोहीको मारिए ।

यो दृश्य वास्तविक नभई प्रहरीले गरेको ‘रेस्क्यु अप्रेसन डेमो’को हो। डेमो हेरिरहेका स्थानीयवासीसहित आमन्त्रित पाहुना एक्कासी गोलीको वर्षा हुन थालेपछि झस्किएका थिए। डेमोमा पटाका पड्काएर गोली हानेको आवाज निकालिएको थियो। कमाण्डो टोलीले आकाश र जमिनबाट गरेको ‘रेस्क्यु अप्रेशन’मार्फत् सुरक्षाअधिकारीलाई गरेको सकुशल उद्दार र केही विद्रोहीलाई पक्राउ गरी लगेको दृष्यले देश÷विदेशमा सुनेका र देखेका आक्रमण र उद्धारको झल्को दिएको स्थानीयले बताए ।

महाविद्यालयका प्राचार्य एवं प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले ‘डेमो’ तयारी गरेका थिए। प्रहरी युक्त तालिम महाविद्यालयले कार्यालय, व्यारेक, सर्पदंश उपचार केन्द्र र व्यायामशाला (जीम) हाउसको उद्घाटनमा सोमबार डेमो प्रदर्शन गरेको हो। कार्यक्रममा सहभागी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एवं अतिरिक्त महानिरीक्षक धिरु बस्नेत, प्रहरी प्रधान कार्यालयका तालिम तथा वृत्ति विकास निर्देशनालयका प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलगायत उच्च सुरक्षाअधिकारी, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिले ‘रेस्क्यु अप्रेशन’ र अन्य सैन्य कलाको प्रशंसा गरेका थिए ।

प्रहरी युक्ती महाविद्यालय रहेको स्थानमा पहिले तत्कालिन माओवादी लडाकुको क्याम्प थियो। लडाकुको व्यवस्थापनपछि २०७२ सालबाट महाविद्यालय सञ्चालनमा आएको हो। यस महाविद्यालयमा खासगरी कमाण्डो तालिम दिने गरिएको छ। हरेक वर्ष २ सयदेखि २ सय ५० कमाण्डो उत्पादन हुँदै आएको महाविद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उपाध्यायले जानकारी दिए। त्यस्तै विष्फोटक पदार्थ हेण्डलिङ, हतियार हेण्डलिङ, भीआइपी अंगरक्षक तालिमसहितका अन्य अभ्यास हुँदै आएको वरिष्ठ उपरीक्षक उपाध्यायले जानकारी दिए। सुनवल नगरपालिका–११ जर्गाहास्थित महाविद्यालय ५५ विगाहा क्षेत्रफलमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.