वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

चितवन : भरतपुर महानगरपालिका ५ को वडा कार्यलयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ।  तोरीखेतमा रहेको वडा कार्यालयमा राति करिब १२ः३० बजे  विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको जानकारी दिए। 

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो। विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। 

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए। राठौरले विप्लव निकट नेकपाले गराएको अनुमान गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.