सर्लाहीमा आगलागीबाट ४ घर जलेर नष्ट

सर्लाहीमा आगलागीबाट ४ घर जलेर नष्ट

मलंगवा : सर्लाहीको पर्सा गाउँपालिका-४ कविलासी टोलमा मंगलबार राति लागलागी हुँदा ४ घर जलेर नष्ट भएका छन्। आगलागीबाट परी १४ लाख ७५ हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कविलासी टोलका नरेश राय यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सोही ठाउँका उपेन्द्र यादव, बसीर बैठा धोबी, हकिम बैठा धोबी र ईस्लाम बैठा धोबीको घर जलेर नष्ट भएको हो।

आगीलागीमा परी रायको फुसको कच्ची घर, गोठ, अन्न, लत्ताकपडा र मोटर साइकल जलेर नष्ट भएको छ। रायको मात्रै ६ लाख ८० हजारको क्षति भएको प्रहरीले जनाएको छ।

त्यसैगरी बसीरको फुसको घर, लत्ताकपडा, अन्न र ५ वटा बाख्रा मरेको छ। हकिम बैठाको फुसको कच्ची घर, अन्नपात, लत्ताकपडा र ६ वटा बाख्रा गरी ३ लाख ६० हजारको क्षति भएको छ।

ईस्लामको पनि फुसको कच्ची घर र गोठ सहित गोठमा भएको ६ बटा बाख्रा गरी ६० हजारको क्षति भएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा रायको हात खुट्टा समेत जलेको छ।त्यसैगरी कविलासी नगरपालिका ७ गैर बस्ने रामपृत रायको परालको टालीमा आगलागी हुँदा ४० हजार बराबरको पराल जलेर नष्ट भएको हो। आगो स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.