पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम (फोटोसहित )

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम (फोटोसहित )

पोखरा : राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रुपमा भइरहेको छ। निर्माण  थालेको १४ महिनामा विमानस्थलको निर्माण कार्य ३० प्रतिशत सकिएको हो। 

सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भएपनि तोकिएको समयसीमाभन्दा ६ महिना अघि नै सक्ने गरी काम भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए। 

निर्माण कार्यमा जमिन खन्ने काममा कडा चट्टान आएकाले कामलाई तीव्र गतिमा बढाउन बिस्फोटक पदार्थ प्रयोग गरि ब्लाष्टिङ गर्नुपर्ने भएपनि बिस्फोटक पदार्थ खरिद प्रक्रियामा धेरै समय खर्चनु परेको उनले बताए। कामलाई तीव्रता दिन नयाँ विकल्पका साथ अघि बढेको उनले सुनाए। यसो हुँदा पनि निर्माण कार्यको तीव्रतामा कुनै कमी नआएको उनले बताए। 

अहिले विमानस्थलको रन वे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान),ट्याक्सी पार्कीङ, नाला निर्माण, ह्याङगर निर्माण, जमीन सम्याउने लगायतका काम भइरहेको छ। १४ मिहनामा सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण ३० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेकोले समय सिमाभन्दा छिटै विमानस्थलको निर्माणको काम सम्पन्न हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख मुनंकर्मीले बताए। सन् २०१७ को नोभेम्वर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको हो। 

सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढि काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको साइड ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकारी कृष्ण चापागाईले बताए। अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा काम गरीरहेको पनि उनले बताए। 

विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने नाउँमा क्वालीटीमा कम्परमाइज भने नहुने निर्माण कम्पनीले बताएको छ। अहिले रनवेको ६० प्रतिशत काम सकिएको र धेरै समय लाग्ने मुख्य काम सकिसकेकोले चैत महिनाभित्र रनवेको सबै काम सकिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख मुनंकर्मीले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सिमेण्ट, बालुवा प्रयोग गरि विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ। ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रि उडानकालागी र ६ हजार स्क्यार मिटर आन्तरिक उडानकालागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो। टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुने छ। यसको साथै अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिने पनि नागरिक उड्यान प्राधिकरणले बताएको छ। 

सन् २०२१ को जुलाई सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सकेर संचालनमा ल्याउने गरि निर्माण तालिका बनाएर काम अघि बढेको हो। पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ।विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ। 

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२०  वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्।२५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ।

संघीय संसदका सांसद पदम गिरी बुधवार निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका थिए। विमानस्थल निर्माणका काम तिब्र रुपमा भएकोमा खुशी व्यक्त गर्दै उनले यही गतिमा निर्माण कार्यलाइ निरन्तरता दिन उनले सुझाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.