देवेन्द्र पौडेलको गुनासो : विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले गल्ती गर्यो‍

देवेन्द्र पौडेलको गुनासो : विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले गल्ती गर्यो‍

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि सरकारले हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । 

‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तरपनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ’, रिपोर्टर्स क्लब नेपालमा पौडेलले बुधबार भने, ‘कुनै पनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन ।’

उनले अहिलेको सिजन र अवस्था शान्तिपूर्णरुपमा खुल्ला प्रतिष्पर्धामा आउन संविधाप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए । ‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ’, उनले भने, ‘यतिबेला सरकारको भूमिका हुनुपर्दथ्यो । त्यसले मात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं ।’ 

नेता पौडेलले विप्लवले पनि प्राप्त उपलब्धि रक्षा गर्दै शान्तिपूर्णरुपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले भने,‘जनतामा जागरण ल्याउनुपर्छ भनेपनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाईयो भने त्यसले स्वयम उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन ’ 

उनले परिस्थितिलाई ठिक–ठिक ढंगले बुझ्नुपर्ने धारणा राखे । पौडेलले थपे,‘यदि ठिक ढंगले परिस्थिति बुझन सकिएन भने यसले आँफैमाथि बज्रपात गर्न सक्छ। त्यसकाण उहाँलाई के भन्न चाहन्छौं भने आफ्ना कुराहरु खुल्ला प्रतिष्पर्धाको आधारमा र लोकतान्त्रिक विधिका आधारमा कुराहरुलाइ सशक्त रुपमा अगाडि बढाउनको निम्ति विशेष अनुरोध गर्न चाहन्छु ।’ 

राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा गर्नुपर्ने उनको भनाई छ । ‘त्यसको लागि सरकारले अन्तिम र अधिकतम प्रयत्न गर्नुपर्छ’, पौडेलले भने, 
‘त्यो प्रयत्न गर्दागर्दै पनि राज्यले तोकेको विधि र प्रणालीविपरित एकपछि अर्को वार्ता तथा सहमति तोड्दै जाने काम भयो भने राज्यले त्यतिवेला आफ्नो स्टेप लिन सक्छ ।’

उनले राज्यले नियन्त्रण गर्नै नसक्ने घट्ना अहिले नभएको पनि जिकिर गरे । ‘केही छिटपुट घट्ना भएका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ’, पौडेलले भने । उनले पटक–पटक अहिलेको सिजन र अवस्था भनेको नै शान्तिपूर्ण प्रतिष्पर्धा भएको सुनाए । 

नेता पौडेलले थपे ,‘हामी अहिले पनि हिजोका घाउ सुल्झाउने प्रयास गरिरहेका छौं । कतिपय पक्षले नेपाललाई द्वन्द्वको क्रिडास्थल बनाउन खोजिरहेका छन् । हामीले त्यसो गर्न दिनुहुँदैन ।’

अझै पनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे । ‘विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन्, विप्लव समूहले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ । यसको लागि बढि पहलकमदी राज्यले लिनुपर्छ’, उनले भने, ‘राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन । वार्ता, सहमति र सम्वादको प्रक्रियाबाट उहाँहरु टेबुलमा आउनुपर्छ । एकपटक अवसर दिनुपर्छ । हतारमा निर्णय गर्नुभन्दा समस्यालाई गाँठो फुकाउनेगरि निर्णय गर्नुपर्छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.