२० वर्षसम्म एउटै सहकारीको अध्यक्ष, भन्छन्- साथीहरुको प्रस्ताव अस्वीकार गर्न सक्दैन्

२० वर्षसम्म एउटै सहकारीको अध्यक्ष, भन्छन्- साथीहरुको प्रस्ताव अस्वीकार गर्न सक्दैन्

परासी : यहाँको एक सहकारीमा २० वर्षसम्म एउटै व्यक्ति अध्यक्ष हुँदै आएका छन्। पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित 'परासी आदर्श बहुमुखी सहकारी संस्था' को अध्यक्षमा पुरन चौधरी २० वर्षसम्म सञ्चालक समितिको अध्यक्षमा चयन हुँदै आएका हुन्। पश्चिम जिल्लामा यो पुरानो सहकारीमध्येको एक हो। २०२८ साल चैत २८ गते यो सहकारी स्थापना गरिएको हो। 

सञ्चालक समितिको कार्य अवधि पाँच वर्ष रहने प्रावधान छ। चौधरी २०६० देखि अध्यक्ष हुँदै आएका हुन्। पछिल्लो पटक सोमबार सम्पन्न १८ औं वार्षिक साधारणसभाले चौधरीलाई चौथो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।

अध्यक्ष हुनुअघि चौधरी लेखा संयोजकसमेत रहेका थिए। अहिलेको कार्यकालसँगै चौधरीले सहकारीमा २५ वर्ष बिताउँदै छन् । उक्त सहकारीमा सर्वसम्मत हुन नसेकेपछि एकपटक मात्र निर्वाचन भएको थियो। २०६० सालमा भएको निर्वाचनमासमेत चौधरीले अध्यक्ष पदमा जितेका थिए।

त्यसपछि भएका साधारणसभाले चौधरीलाई नै सर्वसम्मत रुपमा चयनगर्दै आएको छ।सहकारीको कार्य क्षेत्रमा सदरमुकाम परासीसहित दक्षिणक्षेत्रका गाउँ छन्। सहकारीबाट विपन्न समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउन सकिने सोचका साथ आफू सहकारीमा आवद्ध भएको चौधरीको भनाई छ।

यस क्षेत्रमा किसान बढी छन्। सहकारी मार्फत किसानलाई व्यवसायीक कृषि पेशामा लाग्न अभिप्रेरित गर्न पनि आफू सहकारीमा आवद्ध भएको चौधरीले बताए। सहकारीले किसानलाई सहुलियत दरमा मल, खाद तथा गुणस्तरीय बीउ बिजन उपलब्ध गराउँदै आएका छन्।

किसानलाई ऋणसमेत प्रदान गरी बचतका कार्यक्रम सहकारीले सञ्चालन गर्दै आएको छ। प्रयाप्त मल अहिले पनि उपलव्ध गराउन नसक्दा किसानले समस्या भोग्नु परेको चौधरीको अनुभव छ। 

'हरेक पटक साथीहरुले मलाई नै जिम्मेवारी दिने गरेका छन्।अनुभवी छ भनेर अगाडी सार्ने गरेका कारण साथीहरुको प्रस्तावलाई नकार्न नसकेकाले लामो समयसम्म अध्यक्ष नै बन्नु परेको उनले बताए।

४९ वर्षअघि सात हजारको शेयर पुँजीबाट सहकारी सञ्चालनमा ल्याइएको हो। त्यसबेला प्रति शेयर रकम १० रुपैयाँ थियो । २०४८ सालमा सहकारी ऐन  संशोधन भएपछि शेयर पुँजी एक सय पुर्‍याइएको थियो। १० रुपैयाँबाट एक सय पुर्‍याए पछि धेरै सदस्यले सदस्यता नविकरण नगराएको अध्यक्ष चौधरीले बताए। सहकारीले अहिले चार सय रुपैयाँ शेयर रकम कायम गरेको छ।

सात हजार शेयर पुँजीबाट सञ्चालनमा ल्याइएको सहकारीमा हाल दुई लाख ४० हजार शेयर पुँजी छ। ६ सय ४ जना शेयर सदस्य आवद्ध छन्। सहकारीको हाल चार बिगाहा ५ कट्ठा जमिन छ। उक्त जमिनमा दुईवटा भवन निर्माण गरिएको छ।

कार्यालय प्रयोजनका लागि दुई तले भवन छ भने चौकीदारका लागि एक तले भवन निर्माण गरिएको छ। अन्य जग्गामा वृक्षारोपण गरिँदै आएको अध्यक्ष चौधरीले जानकारी दिए।आ.व. २०७४/७५ मा सहकारीले पाँच करोड बराबरको कारोबार गरेको जनाएको छ।      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.