तीर्थालु सवार बसले मोटरसाइकल किच्दा दुईजनाको मृत्यु

तीर्थालु सवार बसले मोटरसाइकल किच्दा दुईजनाको मृत्यु

राजविराज : सप्तरीमा तीर्थयात्री बोकेको बस बुधबार बिहान पल्टिएर मोटरसाइकललाई किच्दा  दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने दुवैजना मोटरसाइकलमा सवार छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका–५ स्थित कुशहा पुलमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार त्यही ठाउँका ५० वर्षीय मोहम्मद मजलुम मियाँ र ३५ वर्षीय रामे पासपानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

प्रहरीका अनुसार उदयपुरको रामपुर ठोक्सिलाबाट जनकपुर हिँडेको को.१ ख ४९६४ नम्बरको यात्रुबसको पत्ती भाँचिएर पल्टिएको थियो । 

पत्ती भाँचिएर अनियन्त्रित भएको बस विपरित दिशाबाट जाँदै गरेको को.३४ प ६४३५ नम्बरको मोटरसाइकलमाथि नै पल्टिदा मोटरसाइकल चालक मियाँ र पछाडी सवार पासवानको मृत्यु भएको हो । घटनापछि कुशहा पुलमा बस तेर्सिएर अवरुद्ध भएको राजमार्ग खुलाइएको छ ।

प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार बसमा सवार उदयपुरको बेलका नगरपालिका ९ का ३५ जना तिर्थयात्री जेष्ठ नागरिकमध्ये घाइते भएका १० जनालाई उपचारका लागि सिरहाको लहानस्थित सप्तऋषी अस्पताल भर्ना गरिएको छ । 

घाइते हुनेहरुमा ९६ वर्षीया वुद्धिमाया विक, ७८ वर्षीय गोविन्दबहादुर वस्नेत, ७७ वर्षीय बलबहादुर विष्ट, ७५ वर्षीया दिलकुमारी पोखरेल, ७५ वर्षीया जगमाया खड्का, ७५ वर्षीय छत्रबहादुर कार्की, ७५ वर्षीय पदमबहादुर विष्ट, ७५ वर्षीया बालिका वस्नेत, ७२ वर्षीय रत्नबहादुर कार्की र ६५ वर्षीया सुमित्रा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विङ्गरबाट लडेर मृत्यु

यसैगरी दुर्घटनापछि अबरुद्ध बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ मा भएको अर्को सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ । 

तीर्थयात्री बस कुशहा पुलमा तेर्सिएर सडक अवरुद्ध भएपछि सडक जामका कारण दुर्घटनास्थल भन्दा पाँच सय मिटर पश्चिम रोक्न खोजेको ना १ ज ६६६७ नम्बरको विङ्गरबाट लडेर सुरुङ्गा नगरपालिका–११ की कल्पना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विंगरबाट ओर्लने क्रममा लडेर अचेत भएकी चौधरीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.