हिउँ काटेर खुलाइयो मनाङ जाने सडक

हिउँ काटेर खुलाइयो मनाङ जाने सडक

बेसीसहर : हिमपात र पहिरोले करिब एक महिनादेखि अवरुद्ध हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक सुचारु भएको छ । ६५ किलोमिटरको बेसीसहर-चामे सडकमा हिमपातपछि मनाङको नासों गाउँपालिका–९ दानाक्यूसम्मको करिव ४४ किलोमिटर मात्रै सञ्चालनमा थियो ।

दानाक्यूदेखि चामेसम्मको सडकका हिउँ फाल्नुका साथै हिमपहिरो पन्छाएपछि सदरमुकाम चामेसम्म सडक खुलेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । सडक खुलेसँगै सवारी आवागमन हुन थालेको छ ।

‘हिमपातले मोटर सडक तथा गोरेटो बाटो पनि अबरुद्ध हुँदा धेरै समस्या भएको थियो । सदरमुकामदेखि गाउँ आउजाउ गर्ने बाटो थिएन । खाद्यान्‍न ढुवानी ठप्प थियो‘, प्रजिअ देवकोटाले भने, ‘लामो प्रयासपछि सडक खुलेको छ । मानिस आवातजावत हुन थालेका छन् । विदामा गएका कर्मचारी पनि फर्किन थालेका छन् ।’ 

पुस तेस्रो सातादेखि फागुन तेस्रो सातासम्म मनाङमा हिमपात भएको थियो । पछिल्लो समय फागुन १५ गतदेखि ३ दिन लगातार हिमपात भएको थियो । हिमपातका कारण चामे गाउँपालिका ३ कोतो नजिकैको तिर्चुङाल्डामा खसेको हिमपहिरो हटाएको छ । 

तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोलामा ढुंगा भासिएको थियो । उक्त ठाउँमा फराकिलो बनाउनुका साथै हिमपातले ढालेका रुख र हिउँ हटाएपछि सवारी साधन आवागमन भएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए । 

उनका अनुसार स्थानीय प्रशासनको समन्वयमा सडक डिभिजन कार्यालय, स्थानीय तहको सहयोगमा सडक खुलाइएको हो । सडक खुलाइएपछि जनजीवन सामान्य अवस्थामा फर्किन थालेको उनले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण मनाङका प्रमुख बाबुलाल तिरुवाले सडक खुलेसंगै पर्यटक आगमन शुरु भएको बताए । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडक खुलेसंगै मानिस आवातजावत र खाद्यान्य सामाग्री ढुवानी हुन थालेको बताए । 

चसो छल्न मङ्सिर–पुसतिर जिल्ला बाहिर गएका स्थानीय विस्तारै फर्किन थालेका छन् । निरन्तरको हिमपातले जनप्रतिनिधि र कर्मचारीहरु पनि जिल्ला छोडेर अन्यन्त्र झरेका थिए । स्थानीय तह र अन्य सरकारी कार्यालयहरुको काम ठप्प भएको थियो ।

मनाङमा यस वर्ष पुस २३ गतेदेखि हिमपात भएको थियो । चार दिन लगातार परेको हिमपात परेपछि माघ ७ गतेसम्म रोकिएको थियो । माघ ८ गतेदेखिको हिमपातले फागुन २ गतेसम्म सडक अवरुद्ध भएको थियो । 

त्यतिबेला अवरुद्ध सडक फागुन ३ गते खुलेको थियो । पुनः फागुन १५ गतेदेखि हिमपात हुँदा सडक पुनः अवरुद्ध भएको थियो । लामो समयसम्म सडक अवरुद्ध हुँदा मनाङमा खाद्यान्य संकट सुरु हुन थालेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.