राजदूत आचार्यले बुझाए ओहोदाको प्रमाण पत्र
नयाँ दिल्ली : नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष बुधबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् । भारतीय राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
नयाँ दिल्लीको कार्यभार सम्हालेको २३ औं दिनमा आचार्यले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । आचार्य गत फागुन ६ गते भारतका लागि नेपाली राजदूतमा नियुक्त भएर नयाँ दिल्ली आएका हुन् ।