दुई दिने तामाङ अध्ययन गोष्ठी सम्पन्‍न

दुई दिने तामाङ अध्ययन गोष्ठी सम्पन्‍न

काठमाडौँ : तामाङ न्हाङखोरको प्रथम वार्षिकीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा आयोजित दुईदिने तामाङ अध्ययन गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ

नेपाल प्रज्ञा-प्रतिष्ठानको हल, कमलादीमा फागुन २७ र २८ गते सम्पन्न गोष्ठीमा २ वटा विमर्श कार्यक्रम र २१ वटा सेमिनार पेपर प्रस्तुत भएको थियो । विमर्शमा तामाङ लोकगीत "फापरे व्हाइ" र "तामाङ वंशावली" बारेमा विषय केन्द्रित बहस भएको थियो ।

पेपर मूलतः भाषा, साहित्य, शिक्षा, सञ्चार, खानपिन, प्रविधि, इतिहास, अर्थव्यवस्था, संस्मरण, महिला, विकास आदि विषयहरूमा गोष्ठी केन्द्रित रहेको आयोजकले बताएका छन् ।

नेपालका साथै भारतका कोलकता, दार्जिलिङ र सिक्किमबाट पनि पेपर प्रस्तुत भएको थियो । यस अवसरमा तामाङ भाषा र साहित्यको प्रवर्द्धनमा १०० भन्दा धेरै अंक प्रकाशन र साहित्यिक कार्यक्रम सञ्चालन गरेकोमा १० हजारसहित पुरस्कृत गरियो ।

तामाङ न्हाङखोरका संरक्षक डा. गणेश योन्जनको अध्यक्ष्यतामा सम्पन्न उद्‌घाटन समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि थिए ।

प्राज्ञ वैरागी काइँलाले आफ्नो किनोट सम्भाषण प्रस्तुत गरेका थिए । तामाङ न्हाङखोरका अध्यक्ष अमृत योन्जन-तामाङको सभाध्यक्षमा समापन समारोह सम्पन्न भएको थियो ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.