लमजुङ महोत्सवमा २० करोड कारोबार

लमजुङ महोत्सवमा २० करोड कारोबार

बेसीसहर : लमजुङ सदरमुकाम बेंसीसहरमा सञ्चालित गण्डकी प्रदेशस्तरीय छैटौं लमजुङ महोत्सवमा २० करोड रुपैयाँको कारोबार भएको छ।

फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा २० करोडको आर्थिक कारोबार भएको आयोजक लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सव मूल समारोह समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाका अनुसार २ लाख दर्शकले महोत्सवको अवलोकन गरेका छन्। २५ लाख रुपियाँको टिकट विक्री भएको उनले बताए।

महोत्सवमा २ सय ५० वटा स्टल राखिएको थियो। ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः, नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गरेको थियो।

जिल्लामै उद्यमी बनाउने र आर्थिक विकासमा टेवा पुर्‍याइने लक्ष्यका साथ महोत्सव सञ्चालन गरिएको अध्यक्ष थापाले बताए।

उद्योग वाणिज्य संघका पर्यटन प्रवर्द्धन उपसमितिका संयोजक रामकुमार श्रेष्ठले महोत्सवले परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवर्द्धन गर्न सघाउ पुर्‍याएको बताए।

उनका अनुसार महोत्सवमा शिक्षा क्षेत्र अन्तर्गत विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पुस्तक प्रदर्शनी तथा विक्री कक्ष, आइटी प्रदर्शनी राखिएको थियो। यस्तै, गण्डकी प्रदेशभित्र रहेका विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दी विशेष साहित्यिक मेला, झाँकी तथा र्‍याली प्रदर्शनी, विधि मनोरञ्जनात्मक कार्यक्रम, विज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी, गृहणी नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो।

महोत्सवको टिकट बिक्रीबाट प्रति टिकट ८ रुपैयाँ सामाजिक सेवामा खर्च गर्ने प्रबन्ध मिलाइएको छ। जसमा प्रति टिकट ५ रुपैयाँ बेसीशहरबाट गाउँशहर जाने सिंडी मार्ग पुनःनिर्माणमा, १ रुपैयाँ बेसीशहरमा जडान गरिएको सिसी क्यामेर मर्मत कोषको लागि, दैवी प्रकोप उद्दार कोषमा र १ रुपैयाँ ५० पैसा आदर्श वाल विकास केन्द्र, सर्वोदय सेवा आश्रम र मानव सेवा आश्रमका लागि छुट्याइएको छ। महोत्सवको बुधबार एक समारोहकाबीच समापन गरिएको छ।

समापनमा मन्तब्य राख्दै नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले लमजुङमा नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन केन्द्रको स्थापना हुन लागेको बताए।

नेपाली सेनाका अककाश प्राप्त र आश्रित परिवारमा आधुनिक कृषि सम्बन्धी सीप विकासका लागि उक्त केन्द्र स्थापना हुने उनले बताए। नेपाली सेनालाई मात्र नभई सबै जिल्लावासी त्यसबाट लाभान्वित हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.