प्रहरीलाई घुस दिने दुई चालक पक्राउ

प्रहरीलाई घुस दिने दुई चालक पक्राउ

भक्तपुर : सडक जाँचमा खटिएका प्रहरीलाई चेकजाँच छल्न पैसा (घुस) दिने दुई चालकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोकको चौतारा नगरपालिका-१० घर भएका हाल काठमाडौंको काँडाघारी बस्ने २८ वर्षीय मन्दिर माझी र धनुषाको ढल्केबर नगरपालिका-६ बस्ने २५ वर्षीय प्रेम बिकलाई नियन्त्रणमा लिएको हो।

सडक जाँचका क्रममा माझीले रुट परमिटको कागजातभित्र लुकाइ एक हजार एक सय ५० रुपैयाँ प्रहरीलाई दिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनका अनुसार माझीले गएको आइतबार जिल्लाको मध्यपुर थिमी नपा २ सानोठिमी मनोहरा स्थितमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीलाई उक्त रकम दिएका थिए।
‘प्रहरी टोलीले उक्त सडकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा सानोठिमीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा २ ख ७२७१ नम्बरको मिनी टिपरका चालक माझीले उनको गाडी लाई चेकजाँच गर्दा रुट परमिटको कागजातभित्र लुकाएर प्रहरीलाई पैसा दिएका थिए’, प्रवक्ता प्रनाउ पोखरेलले भने, ‘हामीले सवारीसाधन र चालक माझीलाई नियन्त्रणमा लिएका छौं।’

त्यस्तै बुधबार सोही ठाउँमा खटिएको प्रहरी टोलीलाई सवारी साधन चेकजाँच गर्ने क्रममा ब्लुबुकभित्र एकसय रुपैयाँ लुकाई दिने अर्का चालक बिक प्रहरी नियन्त्रणमा परेका हुन्।
ना ५ ख ७५८६ नम्बरको ट्रक चलाएर काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेका बिकले चेकजाँच छल्न प्रहरीलाई एकसय रुपैयाँ दिएका थिए।
प्रहरीले बिक र सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
दुवैजनालाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.