अल्जेरियामा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन

अल्जेरियामा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन

एएनआई अल्जेरिया : राष्ट्रपति अब्देलाजिज बौटेफ्लिकाको राजीनामाको माग गर्दै अल्जेरियामा जनताले प्रदर्शन गरेका छन्।

लामो समयपछि हुन लागेको निर्वाचन फेरि स्थगित गरिएको भन्दै उनीहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै सोमबार राति प्रदर्शन गरेका हुन्। अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिजले आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेपछि आन्दोलन थप चर्किएको हो। निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन। राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषद्बाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताएको अधिकारीले जनाएका छन्।

उनको उम्मेदवारीलाई लिएर केही सातादेखि विरोध हुँदै आएकै बेला उनले निर्वाचन स्थगित गरेका हुन्। प्रदर्शनकारीहरूले आगामी निर्वाचनमा भाग नलिन पनि उनलाई आग्रह गर्दै आएका छन्। विगत २० वर्षदेखि अल्जेरियाको नेतृत्व गर्दै आएका ८२ वर्षीय वृद्ध राष्ट्रपति अब्देलाजिज अहिले बिरामी छन्। वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले उनलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन प्रदर्शनकारीले माग गरेका छन्।

अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कैयौँ शहरमा राष्ट्रपति अब्देलाजिजको व्यापक विरोध भइरहेको छ। उनका विरुद्ध लाखौँ संख्यामा रहेका अल्जेरियाली नागरिकले सडकर्‍याली निकालेका छन्। पाँचौँ पटक सरकार चलाउने अब्देलाजिजको घोषणासँगै देशमा विरोध प्रदर्शन शुरु भएको हो।

उनले पुनः एकपटक आफूलाई चयन गर्न र त्यसो गरे पद त्याग गर्ने बताएका छन्। अल्जेरियाली युवामा भने आर्थिक अवसरको कमीका कारण निरासा उत्कर्षमा पुगेको छ। उनीहरूले सक्रिय र स्वस्थ राष्ट्रपति चाहेको र देशलाई यही अवस्थामा रहिरहन नदिने बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.