सीकेसँगको सहमति प्रस्ट पार्न कांग्रेस माग

सीकेसँगको सहमति प्रस्ट पार्न कांग्रेस माग

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार–सीके राउत सहमति प्रस्ट पार्न दुवै पक्षसँग माग गरेको छ। एघारबुँदे सहमतिको बुँदा नम्बर दुईमा रहेको ‘जनमतमा आधारित लोकतान्त्रिक विधि’ भन्ने शब्दावली प्रस्ट पार्न कांग्रेसले माग गरेको हो।

उक्त शब्दावलीलाई सीकेले जनमत संग्रह भनेर व्याख्या गर्न थालेका छन्। मन्त्रीहरूले जनमत संग्रह होइन भन्ने अभिव्यक्ति सार्वजनिक गरेका छन्। मुलुक विखण्डको मुद्दा बोकेका सीकेसँग गरेको सहमतिबारे भिन्नभिन्न अभिव्यक्ति आउन थालेपछि कांग्रेसले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी त्यसलाई प्रस्ट पार्न माग गरेको हो।

‘सीकेले सहमतिलाई जनमत संग्रह भनेर व्याख्या गर्न थालेपछि शंका उत्पन्न भएको छ’, पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वराज शर्माले भने, ‘सहमतिको दुई नम्बरको बुँदालाई लिएर आइरहेको जनमत संग्रहको प्रसंगबारे दुवै पक्षले संयुक्त रूपमा प्रस्ट्याउनुपर्ने देखियो।’

सहमतिलगत्तै सीकेले जनकपुरमा गरेको प्रदशर्नपछि शंका उब्जिएको शर्माको भनाइ छ। यसबारे सरकारले प्रस्ट पार्नुपर्ने माग कांग्रेसको छ। उनले पृथकतावादी अभियानमा लागेका सीकेलाई मूलधारमा ल्याउने कदम भने स्वागतयोग्य भएको बताए। कांग्रेसले जनमतमा आधारित लोकतान्त्रिक विधिको सामान्य व्याख्या पनि जनमत संग्रह भन्ने देखिएकाले तत्काल सच्याउन सरकारसँग आग्रह गरेको छ।

‘सहमतिको दुई नम्बरको बुँदामा रहेको जनमत संग्रहको प्रसंगबारे दुवै पक्षले संयुक्त रूपमा प्रस्ट्याउनुपर्ने देखियो।’

शर्माले मधेसका मुद्दा सम्बोधनका लागि कांग्रेसले सुरुदेखि नै संविधान संशोधनमा आवाज उठाउँदै आएको दाबी गरे। उनले भने, ‘यसलाई नसच्याए सरकार कुनै षड्यन्त्रमा फसेको निष्कर्ष हाम्रो रहनेछ।’

धर्म, संघीयता र राष्ट्रियताका सबालमा जनमत संग्रह हुन नसक्ने शर्माले स्पष्ट पारे। ‘तराई–मधेसमा रहेको असन्तुष्टि हल गर्ने मूल उपाय संविधान संशोधन हो भन्नेमा कांग्रेस प्रस्ट छ’, शर्माले भने, ‘तर एघारबुँदे सहमतिमा संविधान संशोधनको विषय उल्लेख नगरीकन जनमत संग्रहको प्रसंग ल्याउनु कति जायज होला ? ’

कांग्रेसले विप्लव नेतृत्वको नेकपासँग संवाद अघि बढाउन आग्रह गरेको छ। हिंसा र अराजकतालाई छुट दिन नहुनेमा कांग्रेस स्पष्ट रहेको भन्दै शर्र्माले सरकार कानुनी उपचारका साथै वार्ताबाट पछि हट्न नहुने बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरूले सीकेसँग भएको सहमतिबारे फरकफरक धारणा सार्वजनिक गर्न थालेपछि कांग्रेसले बुधबार आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.