आज विश्व मृगौला दिवस मनाइँदै
काठमाडौं : आज विश्व मृगौला दिवस।नेपालमा विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।विश्व स्वास्थ्य संगठनले मार्च १० लाई विश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।
हरेक वर्ष मार्च १४ का दिन मनाइने दिवसका अवसरमा विभिन्न अस्पताल तथा संस्थाले निःशुल्क परीक्षणसहित विभिन्न कार्यक्रम गर्दैछन्। दिवसको अवसरमा त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल र स्वतन्त्र विद्यार्थी युनियनको बिहीबार बिहान अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए।
कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताए।