नवलपरासीमा बम विष्फोट र आगजनी

नवलपरासीमा बम विष्फोट र आगजनी

परासी : पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानमा बिहीबार बम विष्फोट र आगजनीका घटना भएका छन्। केही स्थानमा व्यक्तिगत जग्गामा झण्डा गाडेर कब्जाको घोषणासमेत गरिएको छ।

पूर्वी नवलपरासीको कावासोती बजारमा बिहीबार दिउँसो बम विष्फोट भएको छ। डिभिजन वन कार्यालय नजिक भएको विष्फोटमा कुनै मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लिलाराज लामिछानेले बताए। शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 
नेपाली सेनाको बम डिस्पोजल टोली नपुग्दै विष्फोट भएको हो। बम विष्फोटको आवाज शक्तिशाली रहेको स्थानीयले बताएका छन्।  

पूर्वी जिल्लाकै राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ। शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो। बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ। नेत्र विक्रम चन्द नेतृत्वको नेकपा विप्लव समुहले बिहीबार नेपाल बन्दको घोषणा गरेका कारण दुवै घटना उक्त समूहले गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

त्यसैगरी पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा बिहीबार बिहान ट्रकमा आगजनी गरिएको छ। ८-१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेको स्थनीयले बताएका छन्। काठमाडौँबाट धनगढीका लागि बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ। आगलगीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ।  

यसैबीच विप्लव समहुको नेकपा जनपरिषद्को नाउँबाट पश्चिम नवलपरासीकै पाल्हीनन्दन गाउँपालिका- ६ पडरीमा रहेको ३४ विगाहा जमिनमा झण्डा गाडिएको छ। उक्त जग्गा एक व्यक्तिको नाउँमा थियो।

स्थानीय जनतालाई वर्षौदेखि जोतभोग गर्न दिएको जग्गा थाहा नदिइ जालसाक्षी गरेर अन्य व्यक्तिलाई बिक्री गरेको भन्दै झण्डा गाडेर कब्जामा लिइएको जनपरिषद्का एक जिल्ला नेताले बताएका छन्। राती गाडिएको झण्डालाई प्रहरीले बिहानपख निकालेर फालेको छ।

बन्दको प्रभाव दुवै जिल्लामा परेको छ। बन्दका कारण लामो दुरीका सवारीसाधन ठप्प छ। पश्चिम जिल्लाका केही बजार क्षेत्र फाट्टफुट्ट खुले पनि पूर्वी जिल्ला भने पूर्णरुपमा प्रभावित बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.