प्याब्सन अध्यक्षमा टिकाराम पुरी चयन

प्याब्सन अध्यक्षमा टिकाराम पुरी चयन

काठमाडौं : निजी विद्यालय सञ्चालकहरुको संगठन निजी तथा आवासीय विद्यालय संघ(प्याब्सन)को अध्यक्षमा टिकाराम पुरी चुनिएका छन्।अध्यक्षसहित सबै पदाधिकारीहरु सहमतिमा चुनिएका हुन्।

नेपाली कांग्रेस निकट र नेपाल कम्युनिष्ट पार्टी निकटका स‌ंञ्चालकहरु प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरिरहँदा केहि पूर्व अध्यक्षहरुले नेतृत्वमा सहमतिमै पदाधिकारी चयन गरिएको हो। यस पटकदेखि प्याब्सनमा सह-अध्यक्षको पद सिर्जना गरिएको छ। जस अनुसार प्रजातान्त्रिक खेमाको तर्फबाट अध्यक्षको दावी गरेका डिके ढुंगानालाई सह-अध्यक्ष बनाइएको छ। यसअघि उनी संगठनमा वरिष्ठ उपाध्यक्ष थिए।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बाँनिया चुनिएका छन्। यसअघि उनी महासचिव थिए। दुबै प्यानलका सञ्चालकबीच अवदेखि सहअध्यक्ष अर्को कार्यकालकाम स्वत अध्यक्ष हुने र वरिष्ठ उपाध्यक्ष पनि स्वत सह-अध्यक्ष हुने सहमति भएको छ। सबै पदाधिकारीको कार्यकाल दुइ वर्षको हुन्छ।

संगठनको उपाध्यक्षमा इश्वरवहादुर गुरुङ, कृष्णप्रसाद अधिकारी, दिपिका रिमाल, टिआर ढकाल, टंक भट्टराइ र गोपालप्रसाद आचार्य चुनिएका छन्। संगठनको महासचिवमा कुमार घिमिरे तथा कोषाध्यक्षमा सन्तोषमिण न्यौपाने चयन भएका छन्। उप महासचिव आरवी कटुवाल, किशोर गौतम सहित एक सय १७ सदस्य निर्वाचित भएको सहअध्यक्ष ढुंगानाले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.