मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद : सुदूरपश्चिम र प्रदेश २ सेमिफाइनलमा

मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद : सुदूरपश्चिम र प्रदेश २ सेमिफाइनलमा

धनगढी : मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा बिहीबार भएको पुरुष क्रिकेटमा सुदूरपश्चिम र प्रदेश २ सेमिफाइनल पुगेका छन्।

कर्णाली र प्रदेश ५ भने प्रतियोगिताबाट बाहिरिएका छन्। दुवै टोलीले लगातार दुई खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएका हुन्। प्रदेश ४ सँग ५६ रनले पराजित हुँदै प्रदेश ५ प्रतियोगिताबाट बाहिरियो।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ८६ रन बनायो। ८७ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले १३.२ ओभरमा सबै विकेट गुमाउँदै ३० रन मात्रै बनाउन सक्यो।

अर्को खेलमा कर्णाली प्रदेश २ सँग आठ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। पहिले ब्याटिङ गरेको कर्णालीले १९.४ ओभरमा अल आउट हुँदै ६८ रन मात्रै बनाउन सक्यो।

प्रदेश २ ले १४.१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो।

यसैगरी महिला क्रिकेटमा प्रदेश ३ र ५ विजयी भएका छन्। प्रदेश ३ ले गण्डकी प्रदेशलाई सात विकेटले पराजित ग¥यो। गण्डकीले २० ओभरमा चार विकेट गुमाएर एक सय ११ रन बनायो। सो लक्ष्य प्रदेश ३ ले १३.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो।

अर्को खेलमा प्रदेश ५ ले प्रदेश २ लाई १५ रनले हरायो। प्रदेश ५ ले आठ विकेटको क्षतिमा एक सय १५ रन बनायो। प्रदेश २ ले १९.५ ओभरमा अलआउट हुँदै एक सय रन मात्रै बनाउन सक्यो।

धनगढी रंगशालामा भएको पुरुष फुटबलमा प्रदेश १ र प्रदेश २ सेमिफाइनलमा पुगेका छन्। दुवै प्रदेश लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुगेका हुन्। प्रदेश १ ले गण्डकी प्रदेशलाई १–० ले हरायो। अर्को खेलमा प्रदेश २ ले प्रदेश ५ लाई १–० गोलले नै पाखा लगायो। दुवै खेलमा हार बेहोर्दै गण्डकी र प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.