राष्ट्रपतिले न्यूयोर्कमा सुनाइन् आफ्नै कथा

राष्ट्रपतिले न्यूयोर्कमा सुनाइन् आफ्नै कथा

कल्पना घिमिरे, अनिल अधिकारी । अमेरिका : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३ औं अधिवेशन सहभागी भएर स्वदेश फर्केकी छन् । उनी शुक्रबार काठमाडौं पुग्ने छिन् । उनले महिलाको विषयमा अब्बल धारणासँगै आफ्नो राजनीतिक यात्रा र परिवारको अवस्था समेत सुनाइन् ।

उनले विकटको नेपाली महिलाको राजनीतिक यात्रा र दैनिकी बारेमा सुनाइन् । त्यसको प्रतिनिधिपात्र आफैंलाई बनाएकी थिइन् ।सभामा बोल्नेबाहेक उनले साइडलाइन भेटवार्ता पनि गरिन् । नेपाली नियोगको अवलोकन गरिन् । दल निकट केही गैरआवसीय नेपाली, दूतावासका नातेदार र निकटवार्तीसँग छलफल गरिन् । उनले न्यूयोर्कस्थित स्थायी नियोग र महावाणिज्य दूतावासको ‘फुड लिस्ट’ सूचीमा र शक्ति केन्द्रको प्रभावमा रहेका सम्मिलित स्वगत समारोहमा अन्तरसम्वादसमेत भएको थियो ।

अमेरिकाका लागि राजदूत डा.अर्जुनकुमार कार्की र राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोह आयोजना गरेका थिए । समारोहमा न्यूयोकस्थित केही कूटनीतिक समुदाय, नेपाली व्यापारिक समूह तथा प्रतिनिधिको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीको चार दिने अमेरिका बसाइमा उनले संयुक्त राष्ट्रसंघमा भइरहेका महिलासम्बन्धी विभिन्न बैठकसहित र केही भेटघाट पनि गरिन् । राष्ट्रपतिको स्तरबाट गर्ने कि नगर्ने भन्ने बहसकै बीचमा उनलाई अमेरिका पुर्‍याइएको हो । उनको भेटघाटको सूची हेर्दा निकै हतारोमा भ्रमण भएको देखिन्छ ।

राष्ट्रसंघको ७३ औं महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गरेको रात्रिभोजम उनी सहभागी भएकी हुन् । उनले राष्ट्रसंघका महासचिव एण्टोनियो गुटेरेस र अध्यक्ष ग्रेसससँग शिष्टाचार भेट गर्दै दुईपक्षीय छलफल समेत गरिन् । उनले इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड, क्रोएसियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारो भिच र आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनलगायतसँग पनि दुईपक्षीय भेटघाट गरिन् । तर उनको त्यहाँ भएको भेटघाट हेर्दा छिमेकी मुलुकका प्रतिनिधिसँग भन्दा मुलुकसँग खासै नाता नजोडिएकाहरूसँग धेरै भएको देखिन्छ ।

सीएसडब्लु महिला समानता र सशक्तिकरणको काम गर्ने एक आयोग हो । राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद् (इकोसक) अन्तर्गतको यो आयोगले महिलाको आर्थिक र सामाजिक उत्थानमा काम गर्दै आएको छ । राष्ट्रसंघ मुख्यालयमा हरेक वर्ष आयोगको अधिवेशन हुनेगर्छ । यसअघिका अधिवेशनमा मन्त्रीस्तरबाट सहभागिता हुँदै आएको थियो । यसपटक विशेष भन्दै राष्ट्रपति आइपुगेकी हुन् । अधिवेशनमा विभिन्न मुलुकका महिलाको राजनीतिक आर्थिक, सामाजिक अवस्था र उपलब्धिबारे बहस हुने गरेको छ ।

महिलाका पक्षमा हालसम्म भएका उपलब्धिबारे जानकारी गराउन राष्ट्रसंघले सबै सदस्य राष्ट्र मुलुकका महिला नेतृत्वलाई हरेक वर्ष निम्तो दिने गर्छ । यसपट महिला मन्त्री थममाया थापासँगै राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण चाहले भ्रमण तय गरिएको भ्रमणमा सामेल परराष्ट्रका एक अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.