सरकारको गतिविधिले जनता निराश : लेखक

सरकारको गतिविधिले जनता निराश : लेखक

अछाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारको गतिविधिले जनतामा निराशा छाएको बताएका छन् । 

    अछामको साँफेबगरमा नेपाल प्रेस युनियनले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री लेखकले बर्तमान सरकारले भ्रष्टचारी र अपराधीहरुको संरक्षणबाहेक अरु केही गर्न नसकेकाले जनतामा निराशा छाएको दाबी गरे । 
‘कम्प्युनिष्टको सरकार बन्दा दिन दुईगुना रात चौगुनाका रुपमा अपराध बढेको छ ,कांग्रेस बलियो हुँदा मुलुक बलियो बन्छ तर अहिले कांग्रेस कमजोर हुँदा मुलुक कमजोर भएको छ,’उनले भने, ‘चुनाब जित्दैमा मात्तिने र हार्दैमा आत्तिने कांग्रेस होइन, बर्तमान सरकारले राष्ट्रघाती काम मात्र गरेकोले पूर्ण रुपमा असफल भएको छ,।’
नेता लेखकले मुलुकमा भएको हरेक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको भन्दै कांग्रेसका पछिल्ला क्रियाकलापले जनतामा आशा पलाएको दावी गरे । सिके राउतसँग भएको सम्झौता राष्ट्रघाती, अपारदर्शी र बिखण्डनकारी भएको समेत उनले बताए ।
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.