हत्याहिंसा छोडेर वार्तामा आउन विप्लवलाई देउवाको आग्रह
पाल्पा : कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । प्रेस युनियन पाल्पा शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले विप्लव समूहलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए।
देउवाले प्रतिपक्षका रुपमा रहेको कांग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बताए । नेपाली कांग्रेस हिन्दू धर्मको पक्षमा रहेको हो ? भन्ने पत्रकारको प्रश्नमा देउवाले नेपाल संविधानमा व्यवस्था मान्ने जवाफ दिए ।उनले गिरिजाप्रसाद कोइरालाको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने प्रष्ट पारे।
सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने धारणा राखे । उनले भने, 'प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न हुँदैन।'