तिला कर्णाली बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चललाई हस्तान्तरण

तिला कर्णाली बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चललाई हस्तान्तरण

कालिकोट : कालिकोट जिल्लाको तिला कर्णाली बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयलाई हस्तान्तरण गरिएको छ। शुक्रबार क्याम्पस संचालक समितिका अध्यक्ष तुलाराज बिष्टको अध्यक्षता तथा मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयका उप कुलपती प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी त्रिभुवन विश्‍वविद्यालय अन्तर्गत रहेको तिला कर्णाली बहुमुखी क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयमा हस्तान्तरण गरिएको हो।

         

कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयका उपकुलपती प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले शैक्षिक गुणस्तर सुधार गर्न जोड दिने बताए। उनले तिला कर्णाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक, अध्ययनरत विद्यार्थी तथा अन्य शैक्षिक सरोकारवालाहरुलाई गुणस्तरीय शिक्षाका लागि  चासो दिन आग्रह पनि गरे।  

'क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको सेवा सुविधामा कुनै कमी ल्याउँदैनौँ। जस अनुसार क्याम्पसमा सक्रियताको पनि आशा लिएका छौँ', उनले भने, 'उहाँहरुको सक्रियताले तिला कर्णाली बहुमुखी क्याम्पसको भविष्यका साथै जिल्लाको शैक्षिक भविष्य निर्धाण हुनेछ।' 

उनले अब मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयले प्राविधिक शिक्षामा पनि जोड दिइरहेको बताए। उनले मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयको इज्जत रहने गरी शिक्षण सिकाई क्रियाकलापहरु संचालन गर्न आग्रह गरे। 

कार्यक्रममा विशेष अतिथि कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाहीले खस्किँदै गएको जिल्लाको शैक्षिक गुणस्तरप्रति चिन्ता व्यक्त गर्दै तिला कर्णाली बहुमुखी क्याम्पसलाई पनि व्यवस्थित बनाउनुपर्ने बताए। उनले जिल्लामा स्नाकोत्तरसम्म अध्यापन गर्ने शिक्षण संस्थाको खाँचो रहेको बताउँदै तिला कर्णाली बहुमुखी क्याम्पसको स्त्तोरोन्नतीको पनि खाँचो रहेको बताए। 

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुलाराज बिष्ट, क्याम्सप समायोजन समितिका संयोजक नन्दबहादुर शाही, विद्यार्थी नेता तथा कर्णाली प्रदेश मुख्यमन्त्रीका प्रमूख स्वकीय सचिव खेमबहादुर सिंह लगायतका अन्य सरोकारवालाहरुले तिला कर्णाली बहुमुखी क्याम्पसको स्तोरोन्नतीको माग गर्दै जिल्लाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि सबैको एक्यबद्धताको खाँचो रहेको बताए। 

कार्यक्रममा जिल्लाका बिभिन्न राजनीतिक दल, जनप्रतिनिधि , नागरिक समाज लगायत अन्य सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.