फेवातालमा डुबेर एकको मृत्यु

फेवातालमा डुबेर एकको मृत्यु

पोखरा : पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएस चौंथो वर्षमा अध्ययनरत म्याग्दीको बेनी नगरपालिका अर्थुंगेका २४ वर्षीय शिशीर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।

उनका अनुसार केसीको शवलाई तालबाट निकालेर पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

पोखरा १८ सेदीबगर नजिकै शनिबार बिहान साढे १० बजे उनी तालमा डुबेका थिए । तालका कसरी डुबे भन्ने बारेमा अनुसन्धान भइरहेको भए पनि प्रारम्भिक अनुसन्धानबाट उनले तालमा हामफालेको अनुमान प्रहरीले गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.