१९ देशका नारीसँगै नेपालकी इन्दिरा रानामगर अमेरिकामा सम्मानित

१९ देशका नारीसँगै नेपालकी इन्दिरा रानामगर अमेरिकामा सम्मानित

न्यू योर्क : विभिन्न १९ देशका नारीसँगै नेपालकी सामाजिक अभियान्ता इन्दिरा रानामगर अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकामा सम्मानित भएकी छन्। 

१५५ भन्दा बढी देशका वाणिज्यदूतावासको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स न्यू योर्क’ले नारी दिवसको अवसरमा १९ देशका अन्य नारीसँगै नेपालकी इन्दिरालाई सम्मान गरेको हो। उनी प्रिजनर्स एसिस्टेन्स नेपालकी  संस्थापक अध्यक्ष हुन्। 

सोसाइटीले पहिलो पटक सन् २०१८ मा नेपाली सामाजिक अभियन्ता तथा अमेरिकाको जर्सी सिटी शहरका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारलाई सम्मान गरेको थियो। 

रानामगरले विगत २८ वर्षदेखि जेलमा बन्दी जीवन बिताइरहेका १० हजारभन्दा बढी बन्दीलाई आफ्नो संस्थामार्फत् स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आएकी छन्। 

उनले अहिलेसम्म अभिभावक जेलमा परेका र अभिभावक बिहिन १६ सय बढी बालबालिकालाई संरक्षण दिइसकेकी छन्। उनले त्यसका लागि १६ वटा बालगृह बनाइसकेकी छन्। 
 
उनलाई यसअघि २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ प्रदान गरिएको थियो। सँगै बिबिसी रेडियोले सन् २०१७ मा  विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी महिलाको रूपमा उनलाई चुनेको थियो। 

सन् २००५ मा अमेरिकाको अशोका फ़ाउण्डेशनको अशोका फेलो सम्मान प्राप्त गरेकी सामाजिक अभियन्ता रानामगरले नेपालमासमेत विभिन्न पुरस्कार पाएकी छन्। 

सन् २००९ मा उनलाई एशिया सोसाइटीले ‘एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’ प्रदान गरेको थियो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.