सिमराको हुलास स्टीलमा आगलागी
सिमरा : बाराको सिमरास्थित हुलास स्टील ईण्डस्ट्रिजमा शनिबार दिउँसो आगलागी हुँदा २० लाख मूल्य बराबरको क्षति भएको छ। उद्योगको कवाडी राख्ने स्टोरमा फलाम टुक्राउने क्रममा निस्केको झिल्कोबाट आगलागी भएको उद्योग प्रशासनले जनाएको छ।
स्टोरमा लागेको आगो जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा ४० मिनेटमा नियन्त्रणमा लिइएको थियो।
फलाम टुक्रा पार्ने क्रममा निस्केको झिल्कोबाट आगो सल्किएको थियो। आगलागीबाट उद्योगको कुलिङ टावरमा समेत क्षति पुगेको छ। उद्योगको प्रारम्भिक क्षति २० लाख देखिएको र क्षतिको विवरण संकलन भइरहेको प्रशासन प्रमुख जवाहरलाल आर्याले जानकारी दिए।