सप्तरीमा आगलागी : १० घर जले, लाखाैंकाे क्षति

सप्तरीमा आगलागी :  १० घर जले, लाखाैंकाे क्षति

राजविराज : सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा हावाहुरीसँगै भएको आगलागीमा १० वटा घर जलेर नष्ट भएका छन् ।

शनिबार दिउँसो स्थानीय बद्री मण्डलको घरमा सल्किएको आगो फैलिएर आठ परिवारको १० वटा घर नष्ट भएका हुन् । आगलागीबाट करिब ३६ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले प्रारम्भिक अनुमान गरेको छ ।

हावाहुरीपछि फैलिएको आगलागीले बद्री मण्डलका साथै भोला मण्डल, भदै मण्डल, मनोज मण्डल, विद्या मण्डल, दशरथ मण्डल, शिवा मण्डल र अधिकलाल मण्डलको घर जलेर लाखौं मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, कपडा, भाँडाकुँडा लगायत सामान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

गर्मी र हावाहुरीका कारण आगो सल्किना साथ तिब्र गतीमा फैलिएको र समयमा नियन्त्रण हुन नसक्दा आठ परिवार घरबारविहिन बनेका हुन् । सप्तरीको शम्भुनाथ नगरपालिका र सिरहाको लहान नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका छन् ।

गर्मी मौसम सुरु भएदेखि चल्न थालेको हावाहुरीले सप्तरीमा एक सातामा करिब आधा दर्जन आगलागीका घटनामा ७५ लाख रुपैयाँ बराबरको क्षति भएको राजविराज नगरपालिका वारुणयन्त्र शाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.