वेद वाचन : न जातले छेक्यो न लिङ्गले रोक्यो (भिडियो)
काठमाडौं : हिन्दु धर्ममा जातले विभेद गरेको भन्दै चौतर्फी विरोध हुने गरेको छ। तर कथित दलित मानिने सुन्दास दिदीबहिनीको वेद वाचन क्षमताले चौतर्फी चर्चा पाएको छ।
भजन गाउने र प्रसाद पाइने लोभका बनेका वेद वाचकहरु भन्छन्, वेदले होइन समाजले बनायो अछुत । कोखलाई नै अछुत देख्नेहरुको सोचमा छ विभेद । वेद के हो थाहै नपाई कसरी वेदका ऋचा कण्ठस्थ पारे सुन्दास दिदीबहिनीले ? वेद वाचन गर्दा चोखो हुने नभए अछुत कहलिने किन ? हिन्दु धर्म ग्रन्थहरुमा विभेद देखाइ कुप्रचार गर्नेहरुलाई के भन्छन् वेद वाचिका सुन्दास बहिनीहरु ? कपडा सिलाउने सुन्दास अभिभावकले किन चारै छोरीलाई वेदका पाना पल्टाउन पठाए ?
एपीवान टेलिभिजनको शनिबार प्रशारण भएको एपी सेन्टरमा टीकाराम यात्रीले वेद वाचक ममता सुन्दास, अनिता सुन्दास र मनिता सुन्दाससँग गरेको कुराकानी :