अलमलमा नयाँ सहर योजना

अलमलमा नयाँ सहर योजना

अछाम : नयाँ सहर निर्माण योजनाको स्वामित्व कहिले प्रदेश त कहिले संघीय सरकारको स्वामित्वमा रहने गरेकाले साँफेबगरलाई नयाँ सहर बनाउने योजना अलमलमा छ। प्रदेश सरकारलाई हस्तान्तरण गरिएको साँफेबगर नयाँ सहर योजना फेरि संघीय सरकारले कार्यान्वयन गर्ने भएपछि योजना अलमलमा परेको हो।

सुदूरपिश्चम प्रदेशस्थित बैतडीको पाटन र अछामको साँफेबगरमा नयाँ सहर आयोजनाको काम संघीय सरकारले हेर्ने भएको छ। चालु आर्थिक बर्षदेखि प्रदेश सरकारले कार्यान्वन गर्ने गरि नयाँ सहर योजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो।

जग्गा उपलब्ध नहुँदा र कर्मचारी अभावले सुस्तगतीमा चलिरहेको नयाँ सहरको काममा फेरि अन्यौलमा परेको हो। यस बर्ष योजनाको स्वामीत्व प्रदेश सरकारलाई दिइएकोमा प्रदेशले काम सुरु नगर्दै फेरि संघीय सरकार मातहतमा गएको छ। जसले गर्दा चालु अवस्थामा रहेका काम पनि प्रभावित भएका छन। गत बर्ष टेण्डरमार्फत आयोजनाको काम अन्तर्गत गोरेटो बाटो, ढल निर्माण, खप्तड रोड, शव गृह, आयोजना कार्यालय, जिमराडी सडक निर्माणजस्ता सामान्य काम भइरहेका थिए।

यो बर्ष भागेश्वर माझको पिपलदेखि लाङमाटा मन्दिर सडक निर्माण, जयाकोट सडक निर्माण, कोल्डस्टोर र नौलाकोट–देउझाल–मष्टामाडौं सडक निर्माणका लागि ठेक्कामार्फत काम भइरहेको आयोजना उपप्रमुख रबिन बस्नेतले जानकारी दिए। बस्नेतले साँफेबगर नयाँ सहरको कामसंगै डोटीको सहरी भवन डिभिजन कार्यालय अन्तर्गतका काम पनि हेर्नुेपर्ने भएकाले समस्या भएको बताए। ‘म एक्लैले धेरै ठाउँ हेर्नुे पर्ने भएकाले कार्यालयमा नियमित उपस्थीत हुन सकेको छैन’, उनले भने, ‘आयोजना कहिले प्रदेश त कहिले संघीय सरकार मातहत भएकाले काममा अलमल भइरहेको छ।’

बस्नेतका अनुसार कार्यालयमा ६ जना कर्मचारी मात्र रहेकाले सोचे अनुसार काम हुन नसकेको हो। बसपार्कका लागि आवश्यक २९ रोपनी जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगे पनि अझै खरिद हुन नसकेको आयोजनाले जनाएको छ। साँफेबगर नगरपालिका–३ हाटबजारमा बसपार्कका लागि खरिद गर्ने भनिएको जग्गा स्थानीयले सरकारी भाउमा दिन नमानेपछि जग्गा समस्या आएको हो।

योजनाको स्वामित्वका कारण साँफेबगर नयाँ सहर निर्माणमा अन्यौल बढेको साँफेबगर नगरप्रमुख कुलबहादुर कुँवरले जानकारी दिए। ‘कर्मचारी नहुँदा गत बर्ष टेण्डर भएका काम पनि सम्पन्न हुन सकेको छैन’, उनले भने, ‘यसपटक थोरै कामको मात्र टेण्डर भएको छ। आयोजनाको काम बेवारिसे अवस्थामा छ।’

नयाँ सहरमा एक लाख जनसंख्या बसोबास गराउन सक्ने गरी सम्पूर्ण सुविधा र पूर्वाधार निर्माण गरिने र नयाँ सहर निर्माणमा दशकौं लाग्ने देखिएको स्थानीय समाजसेवी रामबहादुर कुवँरले बताए। ‘यस्तै शैलीमा नयाँ सहरको काम हुने हो भने अछामका सबै मानिस सुख सुबिधाको खोजीमा तराई झरिसक्छन्’, उनले भने, ‘भइरहेका काम समेत लथालिङ अवस्थामा छन्।’

साँफेबगर नयाँ सहरका लागि ८० करोड रुपैयाँ बराबरको अनुमान तयार गरी केन्द्र सरकारलाई पेस गरिएको छ। नयाँ सहरमा बहुउद्देश्यीय हल, खेलमैदान, सपिङ कम्पलेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्कजस्ता भौतिक पूर्वाधार निर्माण गर्ने योजना छ। आर्थिक विकासको सम्भाव्यता, जमिनको उपलब्धता, जनसंख्या तथा यातायातको सुविधाका आधारमा सरकारले २० वर्षीय गुरुयोजना तयार गरी साँफेबगर र पाटनमा नयाँ सहर विकास गर्ने लक्ष्य राखेको ८ बर्ष भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.