अस्पताल नजाँदा सुत्केरीको ज्यान गयो

अस्पताल नजाँदा सुत्केरीको ज्यान गयो

कालिकोट : आमा र बच्चाको अवस्था गम्भीर हुँदा पनि घरमै सुत्केरी गराउने प्रयास गर्दा कालिकोटमा एक महिलाको शुक्रबार राती ज्यान गएको छ। नरहरीनाथ गाउँपालिका–७ कि २० वर्षिया मीना शाहीको अत्यधिक रक्त श्रापका कारण ज्यान गएको हो। माल्कोट निवासी शाहीलाई सुत्केरी भएको पाँचौ दिनमा अवस्था गभ्मीर भएपछि मात्र अस्पताल लगिएको थियो।

सुत्केरी हुनुपहिले उछवस्थित स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न गएकी मीनालाई त्यहाँकी अनमीले बच्चाको अवस्था ठिक नभएकाले सुत्केरी गराउन जिल्ला अस्पताल जान सुझाव दिएकी थिइन्। तर सल्लाह वेवास्ता गर्दै मीनाले घरमै बच्चा जन्माउने निधो गरेकी थिइन्। उनले यसअघि १६ वर्षको उमेरमा पहिलो सन्तान घरमै जन्माएकी थिइन्। उनले दोस्रो सन्तान मृत जन्माए पनि साल निस्किएन। पाँच दिनसम्म निरन्तर रक्त श्राप भएपछि बेहोस भएकी उनलाई शुक्रबार १२ बजेतिर गाउँका युवाले स्टेचरमा बोकेर जिल्ला अस्पताल पुर्‍याएका थिए।

अवस्था गम्भीर भएकी मीनालाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रेफर गरिएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. भिष्म पोखरेलले जानकारी दिए। सुर्खेत लैजाँदै गर्दा शुक्रबार राती तीन बजे गुराँसेमा उनको ज्यान गएको हो। सानै उमेरमा दुईवटा बच्चा जन्माउनु, कमजोर शरिर, अत्यधिक रक्त श्राप र समयमै उपचार नपाउँदा मीनाको ज्यान गएको डा. पोखरेलले दाबी गरे।

ग्रामीण बस्तीमा चेताना अभावले अझै पनि अधिकांश महिला सुत्केरी गराउन अस्पताल जान मान्दैनन्। लामो समयसम्म रोग लुकाउने, अवस्था गम्भीर भएपछि मात्र अस्पताल लाने गरिएकाले धेरै महिनाले ज्यान गुमाउनु परेको छ। यता नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले घरमै सुत्केरी भएर ज्यान गुमाउन नपरोस भनेर विभिन्न सहयोग गरे पनि महिला अँझै स्वास्थ्य संस्थासम्म जान अन्कनाउने गरेको दावी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.