कटेरोमा आगलागी हुँदा दोलखामा एकको मृत्यु

कटेरोमा आगलागी हुँदा दोलखामा एकको मृत्यु

चरिकोट : भूकम्पपछि निर्मित कटेरोमा हुँदा दोलखामा एक जनाको मृत्यु भएको छ। भीमेश्वर नगरपालिका–४, ठूलोस्वाँरामा भूकम्पपछि निर्मित कटेरोमा आगलागी हुँदा करिब ५७ वर्षका खड्गप्रसाद चौलागाईंको मृत्यु भएको प्रहरीले जनाएको छ।

जस्तापाता र काठद्वारा निर्मित कटेरो गएराति आगलागी हुँदा चौलागाईंको मृत्यु भएको दोलखा प्रहरीका सूचना अधिकारी निरीक्षक प्रदिप महतले जानकारी दिए। कटेरो जलेर पूरै नष्ट हुँदा चौलागाईंको सुतेकै ठाउँमा पूरै जलेर मृत्यु भएको प्रहरी निरीक्षक महतले जानकारी दिए।

राति कतिबेला, कसरी आगलागी भएको भन्ने विषयमा एकिन हुन नसकेको प्रहरीले जनाएको छ। नजिकको छरछिमेकसमेतले थाहा नपाएको र आइतबार बिहान ७ बजे ज्वाईं नाता पर्ने नवराजले प्रहरीलाई टेलिफोन गरी जानकारी गराएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस्तीभन्दा केही माथि मृतक चौलागाईं एकल कटेरामा एक्लै बसोबास गर्ने गरेका थिए। मृतक चौंलागाईको परिवार कटेरोबाट ३० मिटर तल घरमा बस्ने गरेको प्रहरीले जनाएको छ।                          
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.