स्वास्थ्य संस्थामै छैन औषधि

स्वास्थ्य संस्थामै छैन औषधि

मुगु  : स्थानीय तहका स्वास्थ्य चौकीमा औषधि अभाव हँुदा सेवाग्राही समस्यामा परेका छन्। जिल्लाका चारवटै स्थानीय तहका स्वास्थ्य संस्था गैरसरकारी संस्थाको भरमा चलेका छन्।

बस्तीमा पायक पर्ने स्थानमा स्वास्थ्य संस्था र दरबन्दीअनुसार स्वास्थ्यकर्मी छन्। तर ती स्वास्थ्य संस्थामा आवश्यक औषधि छैन। स्थानीय तहमा पटकपटक माग गर्दा पनि सम्बोधन नभएपछि स्वास्थ्य संस्थाले गैरसरकारी संस्था (एनजीओ) गुहार्न थालेका हुन्।

छायानाथ रारा नगरपालिकामा ५, मुगुम कार्मारोङमा ५, सोरुमा ७ र खत्याड गाउँपालिकामा ७ वटा स्वास्थ्य चौकी र एक प्राथमिक सेवा केन्द्र छन्। जिल्ला सदरमुकाममा भने १५ शड्ढयाको अस्पताल छ।

दैनिक बिरामीको भीड लाग्ने रारा छायानाथ नगरपालिका–१४ को वाम स्वास्थ्य चौकीमा औषधि अभाव भएको धेरै समय हुँदा पनि तहबाट कुनै सुनुवाइ नहुँदा उसले फेज नेपाल नामक एनजीओ गुहा¥यो। अत्यावश्यक औषधिसमेत अभाव हुँदा फेज नेपालले औषधिका लागि सहयोग गरेपछि स्थानीयले उपचार गर्न पाएका छन्। उपचार गर्न आएका स्थानीय जुनबहादुर खड्काले भने, ‘धेरै पटक आएँ तर औषधि नहुँदा रित्तो हात फर्कनुप¥यो, यसपटक भने फेज नेपाल भन्ने संस्थाले औषधि सहयोग गरेपछि हामीलाई स्वास्थ्य संस्थाले उपचार गरिदिएको छ।’

खत्याड गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव छ। १० नम्बर वडाको ह्याँग्लुमा रहेको स्वास्थ्य चौकीमा पनि फेज नेपालको स्वास्थ्य क्लिनिकमार्फत नै औषधि सहयोग उपलब्ध गराएपछि मात्र स्थानीयले सेवा लिन पाए। खत्याडकै–८ मा रहेको आम स्वास्थ्य चौकीमा एक महिनादेखि औषधि अभाव छ। बाजुराको हिमाली गाउँपालिकाका नागरिकसमेत स्वास्थ्य सेवा लिन आउने आममा औषधि नहुँदा एनजीओलाई गुहार्नुपरेको स्वास्थ्य चौकीका इन्चार्ज वीरबहादुर कार्कीले बताए।

‘हामीले धेरै पटक स्थानीय तहमा औषधि माग ग¥यौं तर महिनौंसम्म बिरामी रित्तो हात फर्किंदा पनि औषधि पूर्ति भएन, अहिले गैरसरकारी संस्थाले दिएको केही औषधिले नागकिरलाई सेवा दिइरहेका छौं’, उनले भने। प्रसूतिगृह रहेको गम स्वास्थ्य चौकीमा सिटामोल र जीवनजलबाहेक अन्य कुनै औषधि नभएको स्वास्थ्य चौकीका अहेव सत्यबहादुर मल्लले जानकारी दिए। आफूमातहतका स्वास्थ्य संस्थालाई स्थानीय निकायले माग गरेअनुसार औषधि उपलब्ध गराउन नसक्दा जिल्लामा कार्यरत आधा दर्जनभन्दा बढी गैरसरकारी संस्थाले क्षमताअनुसार सहयोग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.