कलंकीको मालपोतमा पुगिन् भूमिसुधारमन्त्री
काठमाडौं : भूमिसुधारमन्त्री पद्मा अर्यालले आइतबार कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेकी छन्।डिजिटल प्रणालीमा लैजान तयारी भइरहेको मालपोत कार्यालयको अनुगमन गर्न मन्त्री अर्याल त्यहाँ पुगेकी हुन्।
देशभरीका मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्रालयको तयारी छ।कलंकीस्थित मालपोत कार्यालयमा हुने कामलाई सहज बनाउन सहायक कक्ष स्थापना गर्ने, सर्भिस डेस्क, टोकन प्रणालीलाई थप व्यवस्थित बनाउनेलगायत कामको सुरु गरिएको छ।