सहयोगको आशामा सुशान्त

सहयोगको आशामा सुशान्त

अनौठो सन्नाटा ! बेड नम्बर-६६। अंकोलोजी वाड। कान्ति बाल अस्पताल । जहाँ १४ वर्षका सुशान्त शाही एकोहोरो सिलिङतिर हेरिरहेका छन् । 'कस्तो छ तिमीलाई?' नर्सको आवाजले उनको नजर मोडिन्छ । नर्सको जवाफ नफर्काएरै उनको नजर फेरि सिलिङतिरै फर्किन्छ ।  

 
पाँच वर्षअघि कैलालीको लम्कीबाट काठमाडौं उक्लिँदा सुशान्तको लक्ष्य एउटै थियो। पढ्ने, लेख्ने र ठूलो मान्छे बन्ने। तर, समय निष्ठुरी रहेछ। पढ्दा-पढ्दै, लेख्दा-लेख्दै उनलाई खतरनाक रोगले गाँज्यो। ब्लड क्यान्सरले सुशान्तको शरीर दिनहुँ कमजोर भइरहेको छ।

आमा पार्वतीले स्कुलमा काम गरेर बल्लतल्त छोराछोरी पढाएकी थिइन्। बुवा पृथ्वी भारतमा मजदुरी गर्थे। छोरालाई ब्लड क्यान्सर भएको थाहा पाएपछि उनी काठमाडौं आएका छन्। पार्वती रात-दिन नभनी छोराको हेरचाहमा लागेकी छन्। तर, त्यत्तिले कहाँ पुग्दो रहेछ र? आर्थिक संकटले सुशान्तको उपचारमा समस्या आएको छ। 

कहिलेकाहीँ पैसा नभएकै कारण छोराको ज्यान जोगाउन सकिन्न कि भनेर पार्वतीको मन भतभती पोल्छ। 'स्कुलमा झाडु लगाएर जसोतसो छोराछोरी पढाएकी थिएँ, दैवले नै नदेखेपछि कस्को के लाग्दो रहेछ र?', पार्वतीले भनिन्,'छोरालाई औषधि गर्न धौ-धौ परेको छ, ऋण निकालेको अलिकति पैसा पनि सकियो।' 
राजधानीमा दैनिक गुजारा चलाइरहेकी सुशान्तको परिवारलाई रोगले कहिल्यै छोडेन। केही महिनाअघि मात्र उनकी बहिनीलाई एपेन्डिसाइटिसको अप्रेशन गर्नु परेको थियो। बुवा पृथ्वी पनि क्षयरोग पीडित छन्। आन्दानीको साँधुरो स्रोतले र सुशान्तलाई लागेको भयानक रोगको उपचार गर्न सक्दैन। 

उपत्यकाका विभिन्न स्कुल-कलेजमा अध्ययनरत  विद्यार्थीले सुशान्तको उपचार खर्च जुटाइरहेका छन्। आइतबार मात्र एउटा  विद्यार्थीको समूहले १ लाख ८ हजार रुपैयाँ सुशान्ताकी आमा पार्वतीलाई बुझायो। विद्यार्थीको समूहले खाजा बेचेर तथा सुशान्त पढ्ने स्कुल नवप्रभात सेकेन्डरीका विद्यार्थीबाट सहयोग रकम उठाएका थिए।  
सुशान्तलाई डाक्टरले साढे तीनवर्ष अस्पतालमा बेडमा राख्नुपर्छ भनेका छन्। यो अवधिभित्र उनको उपचारका लागि कम्तिमा १० लाख आवश्यक पर्छ। तर, उनका आमा-बुवासँग छोरालाई बचाउने जुनुबाहेक अरु केही बाँकी छैन।

'पैसाको साह्रै अफ्ठ्यारो परेको छ, हामी जस्तालाई नै यस्तो रोग लाग्ने लेखेको रैछ' आमा पार्वतीले भनिन्,'आफूले खाने खाना-नास्ताको पैसा बचाएर छोरालाई उपचार गरिरहेकी छु, कसैले मेरो छोरालाई सहयोग गरे तिनलाई भगवानले सहयोग गर्नेछन्।' सुशान्तलाई सहयोग गर्ने सहयोगि मनहरूले अन्नपूर्ण पोस्टमार्फत् उनकी आमालाई सम्पर्क गर्न अनरोध छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.