मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मलंगवा : सर्लाहीमा आइतबार भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। भने दुई जना गम्भीर घाईते भएका छन्। 

रातिको समयमा नवलपुरबाट ना.४० प ३८२१ नम्बरको मोटरसाइकलमा हरिपुरतर्फ आउँदै गरेको हरिवन नगरपालिका ९ का अन्दाजी ३४ वर्षका अमर गोले र ३० वर्षका विवेक लामा सवार मोटरसाइकल हरिपुर नगरपालिका ८ जुटपानीमा खानेपानी ह्याण्ड पम्पको घेराउ गरेको देवालमा ठोक्किँदा दुर्घटना परेको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक गोले र लामा गम्भीर घाईते भएका थिए। घाईते दुबै जनालाई रातिनै उपचारको लागि वीरगंज पठाइए पनि उपचारको क्रममा गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ। लामाको अवस्था गम्भीर नै रहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी हरिपुरबाट चितायनतर्फ जादैँ गरेको ना ४४ प ९४३५ नम्बरको मोटरसाइकल नहरको कल्भर्टमा अनियन्त्रित भई ठोक्किँदा लालबन्दी नगरपालिका १ नेत्रगंजका २३ वर्षका राम एकवाल गुप्ताको मृत्यु भएको छ। मोटरसाइकलमा सवार लालबन्दी २ जुटपानीका २५ वर्षका राम कुमार यादव गम्भीर घाईते भएका छन्। यादवको सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.