ब्याजदर तलमाथि बनाउने प्रयास नगर्नुहोस् : अर्थमन्त्री खतिवडा

ब्याजदर तलमाथि बनाउने प्रयास नगर्नुहोस् : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषलाई मुद्रा बजारमा प्रवेश नगर्न निर्देशन दिएका छन्। नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा तथा भवन शिलान्यासका अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले कोषलाई ब्याजदरमा तलमाथि बनाउने प्रयास नगर्न निर्देशन दिएका हुन्। 

'नागरिक लगानी कोषले धेरै विचलित हुने र हात फैलाउन काम गर्नुको अर्थ छैन’, उनले भने, ‘अधिकार नदिएको ठाउँमा कोष जानु हुFदैन।’  बचतको बिमा गर्नु स्वभाविक भए पनि स्वास्थ्यको बचत गर्ने निकाय अर्कै भएकाले त्यसतर्फ हात हाल्न नहुने उनले सुझाव दिए।
 

दिएको काम नगर्ने र असीमित क्षेत्रमा हात हाल्ने कोशिस गर्नु नहुने अर्थमन्त्री खतिवडाले बताए। नेपालमा सुरक्षा क्षेत्रका चारपाँच वटा कोष सञ्चालन भएको भन्दै अब सबै कोषलाई एउटै छानामुनि ल्याइने बताए। ‘धेरै निकाय हुँदा दोहोरोपन हुन्छ’ उनले भने।
 
सामाजिक सुरक्षा कार्यक्रम एकद्वार प्रणालीबाट दिइने उनले बताए। व्यापार गरेर मात्र दीर्घकालीन पुँजी निर्माण हुन नसक्ने भन्दै मन्त्री खतिवडाले उद्योग÷व्यवसायमा लगानी गर्न आग्रह गरे। 

कोषको नियमन हाल अर्थ मन्त्रालयले गरिरहेको भन्दै नियामक निकाय बनाउन छलफल भइरहको उनले बताए। ‘नियमनको जिम्मा राष्ट्र बैंकलाई नै दिँदै छौं’ उनले भने।  

कार्यकारी सञ्चालक एउटै व्यक्ति हुन नहुने व्यवस्था कडाइका साथ कार्यान्वययन गरिने उनले बताए। ‘बोनश र लाभांश खाने एउटै व्यक्ति हुनुहुँदैन,’ उनले भने, 'उसले सञ्चालक कि कर्मचारी कसका लागि काम गर्ने <’ 

नेपाल राष्ट्र बैंकका कामु गर्भनर चिन्तामणी शिवाकोटीले लगानी कोषको सुपरीवेक्षण, निरीक्षण राष्ट्र बैंकले नै गर्ने बताए। बचत संकलन, परिचालन र सुविधा दिने विषयमा कोषले सजगता अपनाउन सक्नुपर्ने उनको भनाइ छ। लगानीको विवधLकरण गरेर जानुपर्ने उनले सुझाए। लगानी कोषले कर्मचारी मात्र नसमेटी अब उद्यमी, कृषक लगायतलाई समेटेर प्रभावकारी सेवा दिन सक्नुपर्ने बताए। 

कोषका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले कृषि, पर्यटन, उर्जा र पूर्वाधार क्षेत्रमा लगानी गर्ने बताए। निवृतिभरण र सामाजिक सुरक्षाका कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको उनले बताए। 

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले असंगठित मजदुरलाई कोषमा समेटिने बताए। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.