‘बजाज उल्टो अफर’
काठमाडौं : बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजनाअन्तर्गत ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ। कम्पनीले ‘किनेपछि जित्ने होइन जिते पछि किन्ने’ नारासहित नयाँ वर्षको योजना सुरु गरेको हो।
बजाजले ग्राहकका लागि विभिन्न नयाँ अफर र योजना ल्याउँदै आइरहेको छ। यस पटकबजाजले ग्राहकका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृतिभन्दा केही भिन्न प्रकारको अफर ल्याएको छ। पहिले, ग्राहकले केही सामान खरिद पश्चिात मात्र नगद वा छुट पाउने गरेका थिए। तर, यस योजनाअन्तर्गत ग्राहकलाई मोटरसाइकल किन्नुभन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ यसमार्फत उनीहरूले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन्।
उनीहरूले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पाउनेछन्। उल्टो अफर योजनाअन्तर्गत ग्राहकले मोटरसाइकल किन्नु अगाडि एड्भान्समै एक लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगदजित्न सक्छन्।
यस योजनाको शुभराम्भगर्दै हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले ग्राहकका लागि विभिन्न अफर र योजना ल्याएर उत्साहित बनाउँदै आएको छ।’