भारतको चुनाव : प्रधानमन्त्री मोदीकै क्षेत्रमा चुनाव बहिष्कार, बिजेपी नेतालाई प्रतिबन्ध

भारतको चुनाव : प्रधानमन्त्री मोदीकै क्षेत्रमा चुनाव बहिष्कार, बिजेपी नेतालाई प्रतिबन्ध

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै चुनावी क्षेत्र गुजरातको एक मुख्य सहर सुरतको केही भागमा दशौं हजार मानिसले लोकसभा चुनाव बहिष्कार गरेका छन् ।

बहिष्कारसँगै १० हजार भन्दा बढी परिवारले भारतीय जनता पार्टीका एक प्रभावशाली नेता तथा सांसद सिआर पाटिललाई यस क्षेत्रमा प्रवेश गर्नै रोक लगाएका छन् । यस क्षेत्रमा सयौंको संख्यामा ब्यानर टाँगेरै उनीहरुले चुनाव बहिष्कारको घोषणा गरेका हुन् । ‘मोदी से बाहिर नही, सिआर तेरी खाइर नही’ लगायत नारा लेखिएका ब्यानर ठाउँ ठाउँमा टाँगिएको छ ।

खासगरी उत्तर भारत क्षेत्रबाट २५ वर्षअघि यहाँ बसोबास गर्दैआएका स्थायी बासिन्दाहरुको बाहुल्य रहेको समुदायबाट चुनावको बहिष्कार भएको हो । सचिन, गाभेनी, भरोदा, पन्देसारा, पर्वत पटिया, कटोद्रा लगायत क्षेत्रमा यसरी बिरोध भएको हो ।

खासगरी प्रधानमन्त्री मोदी भन्दा पनि यहाँका सांसद सिआर पटिलसँग उनीहरु रुष्ट भएको यहाँ टाँगिएका ब्यानरमा देखिन्छ । उनीहरुले स्थानीय बजारमा थुप्रै ब्यानर टाँगेर बिरोध जनाएका हुन् । सुरतमा १५ लाख भन्दा बढी उत्तर भारत क्षेत्रका बासिन्दा बस्दैआएको तथ्यांक छ । तीमध्ये धेरैजसो कारखानामा मजदुर तथा अन्य काममा संलग्न छन् ।

‘१० वर्षभन्दा अघिदेखि हामीले एकजना पनि जनप्रतिनिधिलाई भेट्न पाएका छैनौँ, तर उत्तर भारत क्षेत्रबाट आइ बसोबास गर्ने समुदायलाई यहाँका सरकारी कार्यालयबाट सेवा लिन अप्ठ्यारो पर्दैआएको छ । तर कोही पनि निर्वाचित जनप्रतिनिधिले अहिलेसम्म यस्तो समस्या सल्टाउन प्रयास समेत गरेको छैन ।’ उत्तर भारत समुदायका नेता अजय सिंहले द वायरलाई बताएका छन् ।

आफूहरुले यहाँ भोग्नुपरेको समस्याबारे छलफल गर्न सांसद सिआर पाटिलसँग बारम्बार भेट्न प्रयास गरे पनि सम्भव नभएको उनको भनाइ थियो । पछिल्लो २५ वर्षयता कर तिर्दैआएको उत्तर भारत क्षेत्रको समुदाय नै चुनावको माहोलमा आन्दोलित बनेको हो । जब कि, उक्त समुदाय गुजरतामा कुनै पार्टीलाई जिताउने वा हराउने निर्धारक शक्तिको रुपमा चिनिएको छ ।

सांसद सिआर पाटिलले भने केही मानिसहरु मात्रै आफूविरुद्ध लागेको प्रतिक्रिया दिएका छन् । तर उनीहरुको आन्दोलनले आफूलाई असर नगर्ने उनको जिकिर छ । उनले भनेका छन्, ‘मैले स्थानीय स्तरमा पुगेर काम गरेको छु । तिनिहरु त प्रतिपक्षी दलका मानिस हुन् । म आफ्नो चुनावी अभियानलाई जारी नै राख्ने छु ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.