पोखरामा पर्यटक आकर्षण गर्न होली मनाइँदै

पोखरामा पर्यटक आकर्षण गर्न होली मनाइँदै

पोखरा : नेपाली संस्कृतिको माध्यमबाट पर्यटक आकर्षण गर्न पोखराका पर्यटन व्यवसायीले विभिन्न चाड पर्व पर्यटकसँग मनाउँदै आएका छन्। अन्य पर्व जस्तै व्यवसायीले फागु पूर्णिमाको दिन होली पर्व पर्यटकमाझ एक आपसमा अबिर दलेर बाजागाजाका साथ फेवाताल किनारमा मनाउने भएका छन्। 

रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा विगत १३ वर्षदेखि नेपाली संस्कृतिको माध्यमबाट पर्यटकको बसाई बढाउन र पर्यटन प्रवद्धन गर्ने उद्देश्यले फागु पूर्णिमा (होली पर्व) मनाइँदै आएको रेवान पोखराका प्रथम उपाध्यक्ष तथा १४ औं होली पर्वका संयोजक लक्ष्मण बरालले बताए। यस वर्ष पनि चैत ६ गते बुधवार लेकसाइडको अम्मटबाट बाजागाजासहित एक आपसमा अबिर दलेर होली पर्व मनाउन सुरु भइ करिव तीन किलोमिटर क्षेत्र खहरेसम्म होली पर्व मनाइने उनले जानकारी दिए।
 

हिन्दू धर्मको पौराणिक मान्यना अनुसार परापूर्वकालमा हिरण्यकश्यपुकी बहिनी होलिकाको अन्त्यको खुशीमा होली मनाँदै आएको छ। फागु पूर्णिमालाई वसन्त ऋतुको आगमनको खुसीको रुपमा मनाउने गरिएको पनि पाइन्छ। 

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्षको रुपमा मनाइरहेको अवसरमा आन्तरिक पर्यटकलाई समेत लक्षित गरि यस वर्ष होली पर्व मनाइन लागेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.