डिस्चार्ज भइन् पूर्वमुमा वडामहारानी रत्न
काठमाडौं : पूर्वमुमा वडामहारानी रत्न शाहको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ। दुई साता लामो उपचारपछि उनलाई सोमबार डिस्चार्ज गरिएको हो।
रुघाखोकी लागेपछि स्वास्थ्य झन् विग्रँदै जाँदा गत फागुन २१ नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो। ९१ वर्षीया शाहमा पिसाबको समस्या देखिएको छ।
उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले स्वास्थ्यस्थितिमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको जानकारी दिए।
उपचारका क्रममा सहयोग पुर्याउने चिकित्सकलगायत कर्मचारीलाई पूर्वमुमा वडामहारानी शाहले धन्यवाद दिएकी छन्। उनी पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन्। युवराज पारस शाह हजुरआमालाई लिन नर्भिक अस्पताल अस्पताल पुगेका थिए।