नोट छाप्ने भनेर ठग्ने दुई पक्राउ
काठमाडौं : महानगरीय प्रहरी परिसर टेकुले नोट छाप्ने भनेर ठग्ने २ जनालाई सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दीका भीमबहादुर मल्ल र ओखलढुंगाका मानबहादुर सुवेदी छन्।
उनीहरूले सक्कली नोटलाई स्प्रिट र बेटाडिन दलेकै भरमा नोट बनाउने भन्दै कागजको बन्डल दिएर ठगेका हुन्।
परिसरमा ठग्ने तरिका देखाउँदै सुवेदी र मल्लले भने, ‘हामीले पनि भर्खरै सिकेका हौं।’ परिसर प्रमुख लामाले यसका अन्य गिरोह हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको बताए।