पर्यटकीय क्षेत्र चिनाउन भिडियो प्रतियोगिता

पर्यटकीय क्षेत्र चिनाउन भिडियो प्रतियोगिता

भैरहवा : लुकेर रहेका पर्यटकीय क्षेत्रको विकासका लागि भिडियो प्रतियोगिता हुने भएको छ। ‘जब चिनिने छ तपाईंको गाउँ ठाउँ, तब खुल्नेछ तपाईंको आफ्नो पहिचान’ नारासहित मुलुकभित्र ओझेलमा परेका वा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो प्रतियोगिता हुने भएको हो।

आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर ‘वी वील राइज’ फाउन्डेसनले भिडियो प्रतियोगिताको अवधारणा सार्वजनिक गरेको हो। नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउने लक्ष्यसहित फाउन्डेसनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी उक्त कार्यक्रमको घोषणा गरेको हो। आइतबार फाउन्डेसनद्धारा भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पनि भिडियो निर्माताले यस प्रतियोगितामा सहभागिता जनाउन सक्ने बताएको हो।

मुलुकका धेरै स्थल अझै पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण रहे पनि सबैको नजरमा आउन नसक्दा ती क्षेत्रको पर्यटन विकासमा प्रतियोगिताले सहयोग पुर्‍याउने विश्वास लिइएको प्रबन्ध निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले निर्माताहरूले कुनै पनि स्थानको प्राकृतिक, सांस्कृतिक, भेषभूषा, खानपान, कला आदि जुनसुकै विषयमा एउटा विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने बताए। भिडियो मोबाइलबाट समेत छायांकन गर्न सकिने तर एचडी क्वालिटीमा हुनु पर्ने आयोजकको शर्त छ। आफ्नो टोल, गाउँ, छिमेक, सहर जहाँको पनि आर्कषण गर्न सक्ने कुनै पनि विषयमा डकुमेन्ट्री बनाएर पठाउन सकिन्छ तर बनाइएको डकुमेन्ट्री एउटै विषयमा केन्द्रित हुनुपर्ने उनले बताए। अधिकतम ५ मिनेटको भिडियो चयन गर्न डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री निर्माता मोहन मैनाली, डकुमेन्ट्री एवं चलचित्र निर्देशक सम्झना उप्रेती लगायतको समूह रहेको श्रेष्ठले जानकारी दिए।

निर्णायकबाट चयन भएको उत्कृष्ट भिडियोहरूलाई फाउन्डेसनको यू ट्यूब र फेसबुक पेजमा राखेर पनि प्रचार प्रसार गरिने छ। सर्वाधिक लाइक, कमेन्ट र सेयर हुने भिडियोलाई पिपुल च्वाइस अवार्ड प्रदान गरिने छ। यसरी उत्कृष्ट छानिएका भिडियोलाई ३ लाख २५ हजारसम्मको पुरस्कार प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ। जनवरी १ बाट सुरु भएको प्रतियोगिता ४ महिनासम्म चल्ने आयोजकले बताएका छन्। भिडियोले स्थानीय तहमा लुकेर रहेका पर्यटकीय क्षेत्रहरूको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भैरहवाका पर्यटन व्यवसायीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.