एलजीका नयाँ उत्पादन बजारमा
काठमाडौं : एलजी कम्पनीले आफ्ना नयाँ उत्पादन बजारमा ल्याएको छ। एलजीले आफ्नो होम अप्लायन्स अन्तर्गत (वासिङ मेसिन, डिसवासर र फ्रिजमा)लाई स्मार्ट थिनक्यू प्रविधिमा ल्याएको हो।
यस प्रविधि अन्तर्गत एलजीको फ्रिज, वासिङ्ग मेसिन र डिसवासरलाई सर्माट फोनको सहायताले घरमा बसि बसि वा संसारको कुनैपनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले लोयल्टी प्रोग्राम समेत सुचारुमा ल्याएको छ। यस प्रोग्राम अन्तर्गत ग्राहकहरुले सिजी इलेक्ट्रोनिक्सका कुनैपनि सामान खरिद गरे बापत थप सुविधा पाइने भएको हो।