सरकारले महत्वपूृर्ण प्रतिवेदन लुकायो : विवेकशील नेपाली

सरकारले महत्वपूृर्ण प्रतिवेदन लुकायो : विवेकशील नेपाली

काठमाडौं : विवेकशील नेपाली दलले राष्ट्रिय प्रहरी प्रतिष्ठानलाई राष्ट्रपतिको निवासमा गाभ्ने सम्बन्धी अध्ययन प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएको छ। मंगलबार वक्तव्य जारी गर्दै दलले उक्त आरोप लगाएको हो।

'प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले राष्ट्रिय प्रहरी प्रतिष्ठानको भू-भागलाई राष्ट्रपतिको निवासमा गाभ्ने निर्णय गर्न आधार बनाएको राष्ट्रपति तथा उपराष्ट्रिपतिको कार्यालय तथा आवास सम्बन्धि अध्ययन प्रतिवेदन २०७५ लाई सूचनाको अधिकार सम्बन्धी ऐनको प्रावधान बमोजिम उपलब्ध गराउन अस्वीकार गरेको छ' दलद्वारा जारी वक्तव्यमा भनिएको छ।

उक्त प्रतिवेदन सार्वजनिक गर्न दलका संयोजक उज्वल बहादुर थापा लगायत विजय बाबु शिवाकोटी, तथा शशी विक्रम कार्कीले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गरेका छन्।  करीव ७० वर्ष पुरानो इतिहास बोकेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको भू-भागलाई राष्ट्रपति कार्यालयमा गाभ्ने सरकारको निर्णय विवादित बनेपछि विवेकशील दलले गत पुस १२ गते पहिलो पटक यो सूचना माग गरेको समेत वक्तव्यमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.